५ असार, काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
आजको बैठकमा विनियोजन विधेयक अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयको विभिन्न शीर्षकहरु माथि छलफल हुने सम्भावित कार्यतालिका रहेको प्रतिनिधिसभा सचिवालयले जनाएको छ ।
Advertisement
छलफलका क्रममा सांसद पुष्पबहादुर शाह, प्रेम सुवाल, डा. अमरेश कुमार सिंह र ध्रुवबहादुर प्रधानले युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकम कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यस्तै, बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकहरु माथिको छलफलका क्रममा स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, सहरी विकास, रक्षा, खानेपानी र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका बजेट शीर्षकमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको सचिवालयका महासचिव पद्य प्रसाद पाण्डेयले जानकारी गराए ।
टिप्पणीहरू