४ असार, काठमाडौँ । भारत र ओमन बीच स्वतन्त्र व्यापार सम्झौता हुने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालकै पहिलो १ सय दिनभित्र दुई मुलुक बीच स्वतन्त्र व्यापार सम्झौता हुने सम्भावना रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन ।
प्रधानमन्त्री मोदीले यस सम्झौता सँगै दुई मुलुक बीचको रणनीतिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा गरिएको बताएका छन ।
Advertisement
उक्त सम्झौताको प्रक्रिया अन्तिम चरणमा रहेको र दुबै पक्ष सहमत भए चाँडै यसबारे टुंगो लाग्ने बताईएको छ ।
हालैमात्र भारतले आइसल्याण्ड, नर्वे, स्विट्जरल्याण्ड र लिच्टेन्स्टाइनसहित ४ युरोपेली मुलुकसँग यस किसिमको सम्झौता गरेको छ । यस सम्झौतासँगै ती ४ मुलुकले भारतमा १ खर्ब डलरको लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।
Advertisement
यसबाट भारतमा आगामी १५ वर्षमा १० लाख प्रत्यक्ष रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।
टिप्पणीहरू