२ असार, गोरखा । गोरखाको मनकामना केबुलकार झण्डै २ महिनाको लागि बन्द हुनेभएको छ । मनकामना दर्शन प्रा.लि.ले एक सूचना जारी गर्दै ५० दिनका लागि केबलकार बन्द हुने भएको जनाएको छ ।
सूचना अनुसार यही असार ३१ गतेदेखि असोज १० गतेसम्मका लागि सेवा बन्द हुने छ । कम्पनीका अनुसार केबुलकार मर्मत संभार र स्तरोन्नतीका लागि सेवा बन्द हुनेभएको छ ।
Advertisement
यस अवधिमा केबुलकारको डिजिटल प्रणालीको स्तरोन्नति र केबुल तार फेर्ने कार्य हुनेछ ।
सूचनामा ‘आगामी आषाढ ३१, २०८१ गतेबाट केबल कारको डिजीटल प्रणाली स्तरोन्नती र मेन केबल तार लट्ठा समेत फेरने कार्य हुने हुनाले केबल कार सेवा करिब ५० दिन जती बन्द हुने यस सूचना मार्फत् सम्पूणर्लाई अग्रिम जानकारी गराउछौँ’ भनिएको छ ।




















टिप्पणीहरू