Close sidebar
  • ताजा
  • लोकप्रिय
  • जानकीमा मानव अधिकार एलाइन्स

    मंसूर अली इद्रिशी
    ३१ जेठ, बाँके । मानव अधिकार एलाइन्स बाँकेको आयोजनामा पालिका स्तरीय मानव अधिकार एलाइन्सको समिति गठन भएको छ ।

    जानकी गाउँपालिका वडा नम्बर ४ स्थित नहर खजुरामा भएको भेलाले पालिका स्तरीय समिति गठन गरेको मानव अधिकार एलाइन्स बाँके अध्यक्ष घनश्याम आचार्यले जानकारी गराए ।

    Advertisement

    मानव अधिकार क्षेत्रमा वकालत तथा पैरवी गर्दै पीडितलाई न्याय दिलाउने र पीडकलाई कार्वाहीको दायरा सम्म पुर्‍याउने उदेश्यले बिहिवार जानकी गाउँपालिकामा मिश्रीलाल यादवको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको हो ।

    अधिकारकर्मीहरूलाई संगठित गर्दै मानव अधिकार एलाइन्स बाँकेले जोखिम न्यूनीकरण पीडितका पक्षमा बहस पैरवी गर्ने उद्देश्यले समिति गठन गरिएको मानव अधिकार एलायन्स बाँकेका अध्यक्ष घनश्याम आचार्यले बताए ।

    Advertisement

    नेकपा एमाले जानकी गाउँपालिकाका अध्यक्ष द्रोण थापाको प्रमुख अतिथिमा पालिका स्तरीय समिति गठन गरिएको थियो । अध्यक्ष थापाले स्थानीय तहमा भएका मानव अधिकार र पीडितको पक्षमा पैरवी गर्न समितिले अहम् भूमिका खेल्ने बताए ।

    मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स)ले जानकी गाउँपालिकाका सवै स्थानीयवासीले समान रुपमा मानव अधिकार उपभोग गर्न पाउनुपर्नेमा जोड दिएको छ ।

    Advertisement

    जानकी गाउँपालिकाका अन्र्तगत समितिको अध्यक्षमा मिश्रीलाल यादव, उपाध्यक्षमा मनसरा बिसी र सचिवमा शिवबहादुर थापा चयन भएका छन ।

    यस्तै, कोषाध्यक्षमा अनिस अलि इदरिसी, सहसचिवमा सुभाष कुमार यादव र सदस्यहरुमा सुरेश थापा, ननकौ यादव, चयन भएका छन ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »