Close sidebar
  • ताजा
  • लोकप्रिय
  • मुख्यमन्त्री कार्यालयका शाखा अधिकृतकै नक्कली शैक्षिक प्रमाणपत्र

    २९ जेठ, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा कार्यरत शाखा अधिकृत लक्ष्मण शाह विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    उनी विरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर गरिएको आयोगले जनाएको छ ।

    Advertisement

    अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार शाहले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडियट एजुकेसन, यूपी)अन्तर्गत इन्टरमिडियट तहको परीक्षा उत्तीणर् गरेको भनी झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी निजामती सेवाको कम्प्युटर अपरेटर पदमा सुरु भई हाल शाखा अधिकृत बहाल रहेका छन ।

    साहले भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले उनलाई उक्त कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »