२८ जेठ, काठमाडौँ । सहकारी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने विरुद्ध परेको रिटको पेसी आजका लागि तोकिएको छ ।
उक्त रिटमा जेठ २० गते पहिलो सुनुवाइ भएको थियो । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले उक्त मुद्दालाई गम्भीर रूपमा लिँदै अग्राधिकार दिँदै अन्तरिम आदेश जारी गर्ने विषयमा दुवै पक्ष बीच छलफल हुनुपर्ने र यो विवाद तत्काल निष्कर्षमा पुग्नुपर्ने भन्दै आजका लागि पेसी तोकेकोे थियो ।
Advertisement
अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
रिटमा लामिछाने विरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्न समेत माग गरिएको थियो ।
टिप्पणीहरू