Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सन्दीप लामिछाने विश्वकप खेल्ने

    फाइल तस्बिर

    २८ जेठ, काठमाडौँ । नेपाली क्रिकेटर सन्दीप लामिछाने जारी आईसीसी टी-२० विश्वकपमा सहभागी हुने भएका छन् । अमेरिकाले भिसा नदिएपछि अमेरिकामा भएको खेल खेल्न नपाएका सन्दीपले वेस्ट इन्डिजमा हुने खेल खेल्न पाउने भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान)ले आज बिहान एक विज्ञप्ति जारी गर्दै सन्दीप टी-२० विश्वकपका लागि वेस्ट इन्डिज जाने जानकारी दिएको हो ।

    Advertisement

    उनी नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने क्यानले जनाएको हो । पूर्वघोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निणर्य गर्दै लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेश गरेको क्यानले जनाएको हो ।

    ‘जारी आईसीसी पुरुष टी-२० विश्वकप २०२४ का लागि नेपाली खेलाडी सन्दीप लामिछाने वेस्ट इन्डिज प्रथान भइृ नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने जानकारी गराउन चाहन्छौं । सम्मानित उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट संघले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निणर्य गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेश गरेको थियो’, सचिव खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    Advertisement

    लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल स्क्वाडमा रहेका तर, उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेश विरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    यस्तो छ विज्ञप्ति

    Advertisement

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »