२२ जेठ, काठमाडौँ । नरेन्द्र मोदी फेरी तेस्रो पटक विजयी भएका छन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो पटक वाराणसीबाट लोकसभा सदस्य निर्वाचित भएका छन् ।
आज साँझ सम्पन्न मतगणनाबाट वाराणसीमा भारतीय जनता पार्टी (भाजपा) बाट उम्मेदवार रहेका प्रधानमन्त्री मोदी करिब डेढ लाख मतान्तरले विजयी भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन ।
Advertisement
यस पटक उनको मतमा ह्रास आएको छ । नरेन्द्र मोदीजस्ता व्यक्तित्वको भोटमा ह्रास आउनु भाजपाका लागि चिन्ताको विषय बनेको छ । प्रधानमन्त्रीको राजनीतिक हैसियत अनुसार उनको जितलाई कम आंकलन गरिएको छ । यसपटक १ लाख ५२ हजार ५सय १३ मतको अन्तरले विजयी भएका छन । यस अघि २०१९ को चुनावमा यो अन्तर चार लाखभन्दा बढी थियो ।
सोही निर्वाचन क्षेत्रबाट कंग्रेस आईले अजय रायलाई उम्मेदवार बनाएको थियो । राय लगातार दोस्रो पटक मोदीसँग पराजित भएका हुन् ।
टिप्पणीहरू