१२ जेठ, काठमाडौँ । नेपालमा १० महिनाको अन्तरालमा झन्डै साढे दुुई खर्ब रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालुु आर्थिक वर्षको साउन देखि वैशाख महिना सम्म दुुई खर्ब ३५ अर्ब रुपियाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको हो । जसमा डिजेल, पेट्रोल, हवाई इन्धन र एलपी ग्यास समावेश छन ।
Advertisement
गत वर्ष सो अवधिमा दुुई खर्ब ५७ अर्ब रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो । बजारमा पेट्रोलियम पदार्थको माग घट्दा इन्धनको आयातमा २२ अर्ब रुपियाँले कमी आएको हो ।
विद्युुतीय सवारी साधन र गाडीहरुको माग बढ्दै जाँदा इन्धनको आयातमा कमी भएको तथ्याङ्कले देखाएको छ ।
Advertisement
विभागको तथ्यांक अनुसार १० महिनामा सबैभन्दा धेरै एक खर्ब १५ अर्ब ६७ करोडको डिजेल आयात भएको छ भने ५६ अर्ब ८० करोड रुपियाँ बराबरको पाँच लाख ६७ हजार किलोलिटर पेट्रोल आयात भएको छ ।
यस्तै १७ अर्ब ५८ करोड ५४ लाख ७५ हजार रुपियाँ बराबरको एक लाख ६५ हजार किलोलिटर हवाई इन्धन आयात भएको छ ।
यस्तै ४६ अर्ब ९८ लाख रुपियाँ बराबरको चार लाख ३५ हजार ९६३ मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको छ । यो खबर गोरखापत्रमा छ ।
टिप्पणीहरू