११ जेठ, काठमाडौँ । संघीय संसद्अन्तर्गत र राष्ट्रियसभा बैठक आज दिउँसो सवा १ बजेका लागि बोलाइएको छ ।
राष्ट्रियसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम माथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची रहेको महासचिव पद्य प्रसाद पाण्डेले जानकारी गराए ।
Advertisement
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रपतिबाट जेठ १ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम माथिको छलफलको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
Advertisement
प्रधानमन्त्री दाहालले नेपाल सरकारको नीति तथा कार्यक्रम माथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ समेत दिने कार्यसूची रहेको छ ।
Advertisement
अध्यक्षले आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि पेस भएको संशोधन प्रस्तावलाई निणर्यार्थ प्रस्तुत गर्नेछन ।
Advertisement
संसद्को बैठक आज बस्न लागेपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध भने कायम नै रहेको छ ।
टिप्पणीहरू