Close sidebar
  • ताजा
  • लोकप्रिय
  • बिद्युतको तार शर्ट हुँदा बर्दियाको बढैयाताल र बाँसगढीमा आगलागी

    १५ बैशाख, बर्दिया । बर्दियाको बढैयाताल गाँउपालिका वडा नं. १ शान्तिपुरमा फुसको गोठ जलेर नष्ट भएको छ ।

    आज बिहान करिब साढे १० बजेको समयमा बिनोद सुनारको खरले छाएको फुसको कच्ची गोठमा बिद्युतको तार शर्ट भइ आगलागी भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको हो ।

    Advertisement

    आगलागी हुँदा तत्काल प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरी र स्थानियको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा लिएको सूचना अधिकारी तुल्सीराम अर्यालले जानकारी गराए ।

    प्रहरी नायब उपरीक्षक आर्यालका अनुसार मानबिय तथा पशुचौपाया क्षति र घटना बारे थप आवश्यक अनुसन्धान भैरहेको छ ।

    Advertisement

    यस्तै, आज दिउँसो करिब १२ बजेको समयमा बाँसगढी नगरपालिका वडा नं. ५ शान्तीपुर बस्ने लाल बहादुर बोगटीको टिनले छाएको एक तल्ले कच्ची घर, भान्सा घर, बाख्राको खोर, चल्लाको खोर, गाई गोठमा बिजुलीको तार शर्ट भई आगलागी भएको थियो ।

    इलाका प्रहरी कार्यालय बाँसगढीबाट खटिएको प्रहरी टोली, स्थानिय तथा बरुणयन्त्रको सहयोगमा करिब साढे १ बजेको समयमा पुर्णरुपमा नियन्त्रणमा लिईएको अधिारी अर्यालले बताए ।

    Advertisement

    उनका अनुसार आगलागीबाट ८ वटा बाख्रा, अन्नपात, काठपात, ल.क., घर, कुखुरा सानोठुलो गरी १११७ वटा, सुन आधा तोला जली क्षेती भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुवै घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

     

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »