५ बैशाख, बाँके । चैत्र शुक्ल पक्ष नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्री रामचन्द्रको जन्मदिन । वैदिक सनातन धर्म मान्ने समाजमा राम नवमीको स्थान महत्वपूर्ण छ । आज नेपालमा सरकारी विदा पनि छ । यस हिसाबले रामनवमी राष्ट्रिय चाडकै रूपमा स्थापित छ ।
असत्य माथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ ।
Advertisement
त्रेतायुगमा यसै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको धार्मिक मान्यता छ ।
राम नवमीका अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला समेत प्रदर्शन गरिन्छ । रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजापाठ एवम् आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ ।
Advertisement
नेपालमा रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामको पूजा आराधना गरी मनाइँदै छ । रामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो ।
त्रेता युगमा मर्यादा पुरुषोत्तमका रूपमा सुपरिचित राम सूर्यवंशी राजा दशरथले गरेको पुत्रेष्टि यज्ञको प्रसादस्वरूप दशरथकी जेठी रानी कौशल्यावतीको गर्भबाट जन्मिएका हुन् । रामले मिथिलाका राजा जनकको प्रतिज्ञाअनुसार शिवधनु भाँचेर सीतालाई पत्नी रूपमा प्राप्त गरे । सीतालाई हिन्दूहरू लक्ष्मीको साक्षात् रूप मान्छन् भने रामलाई क्षितिपालक भुषण परमात्मा स्वरूप मान्दछन् ।
Advertisement
रामका तीन भाइ थिए- लक्ष्मण, भरत र शत्रुघ्न । रामायणका अनुसार भगवान् विष्णुले आफ्ना सोह्रै कलाहरू राजा दरशथको घरमा अलग अलग रूपले श्रीराम (१३ कला), लक्ष्मण (२ कला), भरत र शत्रुघ्न क्रमशः एक एक कलामा विभाजित गरेर चारजना पुत्रको रूपमा जन्म लिएका थिए । रामलाई रघुनाथ, राघव, रघुपति, रामचन्द्र आदि थुप्रै नामले चिनिन्छ । मर्यादा पुरुष श्रीराम पितृ वचन पालन गर्नेहरूमध्ये एक अग्रणी हुन् ।
यस वर्ष रामनवमी अझै उत्साहका साथ मनाईदैँछ । भारतको उत्तरप्रदेश अवस्थित प्रसिद्ध राम मन्दिर (राम जन्मभूमि) को प्रमुख केन्द्रविन्दु भगवान श्री राम जि को मूर्तिमा पहिलो पटक सूर्यको किरणबाट तिलक चंदन आज गरिदैँछ ।
२०२४ को २२ जानवरीमा भब्य रुपमा गरिएको प्राण प्रतिष्ठान पश्चात पहिलो पटक सूर्यको किरण देखि तिलक चंदन गरिदँैछ ।
Advertisement
चैते नवरात्री एवं श्री राम जि को जन्मउत्सव (राम नवमी)को अवसरमा बैज्ञानिक तारिकाले बनाएको डिज़ाइनमा ऐना र पीतलको पाइपको प्रयोग गरि सूर्यको किरणलाई परिवर्तित गरि भगवान श्री रामको मस्तकमा तिलकको रूपमा लगाईने छ ।
जून सूर्यको किरण ठीक भारतीय समय अनुसार १२ बजे हून्छ र यसको समय अवधि ४ मिनटको गर्भ गृहमा भएको भगवान रामको मस्तकमा रहने छ ।
यसरी गरिन्छ सूर्य तिलक, थप पढ्नुहोसः
टिप्पणीहरू