४ बैशाख, बाँके । भारतको उत्तरप्रदेश अवस्थित प्रसिद्ध राम मन्दिरको प्रमुख केन्द्रविन्दु भगवान श्री राम जि को मूर्तिमा पहिलो पटक सूर्यको किरणबाट तिलक चंदन गरिने भएको छ ।
२०२४ को २२ जानवरीमा भब्य रुपमा गरिएको प्राण प्रतिष्ठान पश्चात पहिलो पटक सूर्यको किरण देखि तिलक चंदन गरिने भएको बुझिएको छ ।
चैते नवरात्री एवं श्री राम जि को जन्मउत्सव (राम नवमी)को अवसरमा बैज्ञानिक तारिकाले बनाएको डिज़ाइनमा ऐना र पीतलको पाइपको प्रयोग गरि सूर्यको किरणलाई परिवर्तित गरि भगवान श्री रामको मस्तकमा तिलकको रूपमा लगाईने छ ।
Advertisement
जून सूर्यको किरण ठीक भारतीय समय अनुसार १२ बजे हून्छ र यसको समय अवधि ४ मिनटको गर्भ गृहमा भएको भगवान रामको मस्तकमा रहने छ ।
कसरी गरिन्छ सूर्य तिलक ?
Advertisement
- राम नवमी अर्थात बैशाख ५ गते सूर्यको रोशनी मंदिरको तेश्रो तलामा लागेको पहिला दर्पण माथि खस्ने र परिवर्तन भएर पीतलको पाइप मार्फत प्रवेश गर्नेछ ।
- पीतलको पाइपमा लागेको अर्को दर्पणमा ठोक्किएर ९० डिग्रीमा पुनःपरिवर्तन गर्नेछ ।
- पीतलको पाइपमा लंबवत गएसंगै तीन अलग अलग लेंसबाट आउनेछ ।
- लंबवत पाइपको दोश्रो भागमा लागेको दर्पणमा ठोक्किएर पुनः ९० डिग्रीमा परिर्वतन भएर क्षैतिज रेखामा आउनेछ ।
- किरण तीन लेंसबाट छिर्दैै लंबवत पाइपको गर्भगृहको भागमा लागेको दर्पणबाट ठोक्किनेछ ।
- गर्भगृहमा लागेको दर्पणमा ठोक्किए पछि किरण सीधा श्री राम जी को मस्तकमा ७५ मिमि को गोलाकरमा सूर्य तिलक लाग्नेछ ।
टिप्पणीहरू