३० चैत्र, काठमाडौँ । यसवर्ष देशभरका सबै विद्यालयका विद्यार्थीले भर्ना संगै किताब पाउने भएका छन । शैक्षिक सत्र, भर्ना अभियान र पढाई शुरु नहुँदै सरकारले सबै जिल्लाहरुमा किताब पुर्याएको छ ।
वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु हुँदैछ । सरकारले बैशाख २ गतेदेखि भर्ना अभियान शुरु गर्ने कार्यतालिका निर्धारण गरेको छ ।
Advertisement
देशभर रहेका सबै स्थानीय बिक्रेता कहाँ किताब पुगिसकेको बताइएको छ । यस अघि पढाइ शुरु भएको महिनौँ बितिसक्दा समेत विद्यार्थीले किताब नपाउने समस्या थियो ।
नौ वटा प्रादेशिक कार्यालय र डिपो मार्फत एक हजार २ सय ६७ वटा स्थानीय बिक्रेताकहाँ किताब पुगिसकेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।
टिप्पणीहरू