Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगञ्जमा ७० वटा सामुदायिक कुकुरको बन्ध्याकरण

    २९ चैत्र, बाँके । बाँकेको नेपालगञ्जमा निःशुल्क सामुदायिक कुकुरलाई बन्ध्याकरण थालिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नेपालगञ्जको आयोजना र सोल्टीज होप स्ट्रीट एनिमल रेस्क्यु गुलरियाको सहकार्यमा सामुदायिक कुकुरहरुको बुधबारबाट बन्ध्याकरण थालिएको हो ।

    नेपालगञ्ज स्थित पशु कार्यालयको परिसरमा ७० वटा सामुदायिक कुकुरलाई बन्ध्याकरण थालिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रकी प्रमुख कमला अधिकारीले जानकारी गराइन । सामुदायिक कुकुरलाई व्यवस्थित गर्ने उद्देश्यका साथ बन्ध्याकरण अभियान सञ्चालन गरेको प्रमुख अधिकारीले जानकारी गराइन ।

    Advertisement

    उनले नाईल खबरकर्मीलाई जानकारी गराउदैँ भनिन्, ‘हामीले वर्षमा एक पटक शिविरको रुपमा सञ्चालन गर्छौ । दैनिकी पनि हुन्छ । दैनिकीमा पशुधनिले आफ्नो व्यक्तिगत खर्चमा सेवा लिनेगरेका छन ।

    लुम्बिनी प्रदेश सरकार अन्र्तगत भेटेरिनरी अस्पतालले यस वर्षबाट आवश्यकता महसुस गरेर सामुदायिक कुकुरलाई बन्ध्याकरण थालेको हो । प्रदेश सरकारको तीन लाख लागतमा ७० वटा सामुदायिक कुकुरलाई बन्ध्याकरण गर्ने लक्ष्य रहेको छ । प्रदेश बाहेक नेपालगञ्ज उपमहानगरपालिकाले समेत यो कार्यक्रम आफ्नो तालिकामा राखेको बुझिएको छ ।

    Advertisement

    सहकार्य संस्था सोल्टीजका अध्यक्ष प्रकाश मल्लका अनुसार तुलनात्मक रुपमा आफुले फरक रुपमा यस अभियानलाई अगाडि बढाइरहेको जानकारी गराए । यस अघि बर्दियामा पनि करिब एक हप्ता अगाडि ६० वटा सामुदायिक कुकुरलाई बन्ध्याकरण गरेको अध्यक्ष मल्लले बताए ।
    उनले भने, ‘हामीले कुकुरलाई जबरजस्ती ल्याएर संख्या पुगाउनको लागि बन्ध्या गरिरहेका छैनौं । हामी अलि फरक ढंगले समुदायस्तरमै गएर स्थानीयलाई बन्ध्याकरणको बारेमा चेतना फैलाएर उनीहरुकै हातबाट कुकुर लिने गरेका छौं ।’

    बन्ध्याकरणको बारेमा आमजन्ताले बुझ्नु पर्ने गरी अभियानमा जुटेका अध्यक्ष मल्लले भने । ‘हामीले जुन ठाँउबाट ल्याएका हुन्छौं त्यही ठाँउमा फेरी फर्काएर आउने गरेका छौं ।’

    Advertisement

    उनले थप भने, ‘मैले दिनमा एउटा गर्ने गरेको छु भने ३ सय ६५ दिनमा ३ सय ६५ वटा कुकुर बन्ध्याकरण हुने भए । त्यसैले २०० वटा कुकुरलाई क्याम्पिङ गरेर किन हतार गर्ने ? कुकुरको स्वास्थ्य पनि राम्रो हुने भयो । उलाई बाटोमा छुदा खेर स्वस्थ पनि हुने भयो र जनताले पनि यसबाट आफुलाई कुनै प्रकारको खतरा नहुने थाहा पाउने भयो ।’

    बर्दियामा कार्यरत डा. सुरज चौधरीका अनुसार कम्तिमा महिना माथिका कुकुरलाई बन्ध्याकरण गर्न मिल्छ । कुकुरलाई अचेत बनाएर यो अप्रेसन गर्ने गरिएको डा. चौधरीले बताए ।

    Advertisement

    उनले नाईल खबरकर्मीको प्रश्नमा भने, ‘सामुदायिक कुकुरको अप्रेसन गर्दा जटिला कहाँ हुन्छ भने कुनै पनि डा.लाई उसको वर्तमान स्वास्थ्य अवस्था कस्तो छ हामीलाई थाहा हुदैँन । उसको बल्ड रिर्पोट कस्तो छ ? अप्रेसनमा बल्ड धेरै बग्दा खेर अलिकति जटिलता आउन सक्छ । त्यस कारण कुकुरले होल्ड नगर्न सक्छ किन भने उ सानैबाट बाटोमा हुर्केको हो । घरपालुवा भन्दा उ कम्जोर हुन सक्छ ।’ सबै कुकुरमा जटिलता नआएपनि केहीमा आउने गरेको उनले बताए ।

    अप्रेसन पश्चात कुकुरलाई कम्तिमा पनि २ देखि ३ दिन सम्म निग्रानीमा राख्ने गरेको डा. चौधरीले जानकारी गराए । यस समयमा कुकुरलाई चाहिने पेनकिलर, न्युट्रियन, सुजरको अवस्था जाँच गरिन्छ ।

    डा. चौधरीले भने, ‘मान्छे जस्तो कुकुर बुझ्दैनन्, जसका कारण कहिले कहि घाउमा चिलाईदिन्छन, चाट्ने, लिकिङ गर्ने र टाँका चुट्ने सम्भावना हुन्छ । जसले गर्दा तीन दिन सम्म हामीले निग्रानीमा राख्ने गरेका छौँ ।’

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »