Close sidebar
  • ताजा
  • लोकप्रिय
  • मधेशी एकता समाज कतारले परम्परागत तरिकाले मनायो होली

    १३ चैत्र, काठमाडौँ । मधेशी एकता समाज कतारले राजधानी दोहामा चैत्र १२ गते सोमबार होली महोत्सव धुमधामका साथ मनाएको छ ।
    तराईमधेशमा होली मनाइएको दिनको अवसर पारेर एकता समाजले परम्परागत तरिकाले रंगहरुको पर्व मनाएको हो ।
    मुस्लिमहरुको पवित्र रमजान महिना अहिले जारी रहेकोले होली सँगै उनीहरुले इफ्तार कार्यक्रम समेत राखेका थिए ।

    होली कार्यक्रमको मुख्य आकर्षणको रुपमा उनीहरुले एक अर्कालाई रंग अबिर दलेर शुभकामना आदान प्रदान गरेका थिए । यस्तै उनीहरुले परम्परागत बाजाको तालमा जोगिरा र होली गीत गाएका थिए । त्यस अवसरमा मालपुवा, पुरी, तरकारी, चटनी र तरुवालगायका मधेशका परिकार उनीहरुले पकाएर खाएका थिए ।

    Advertisement

    एकता समाज कतारका अध्यक्ष शिवकुमार महतोले होली कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो भने महासचिव चन्द्रवीर यादवले कार्यक्रम संचालन गरेका थिए ।

    मनिष यादव, लालबाबु साह, तेजीलाल मण्डल, विशेश्वर यादव, चन्द्रवीर यादवले सबै अतिथि तथा सहभागीहरुलाई स्वागत गरेका थिए ।
    त्यस अवसरमा मधेशी एकता समाजका संस्थापक एवं अन्तर्राष्ट्रिय समितिका संयोजक डा. रवीन्द्र कुमार यादवले होलीको शुभकामना दिदैँ समाजलाई अझ सुदृढ बनाउनेबारे छोटो मन्तव्य राखेका थिए ।

    Advertisement

    यस्तै, पवन ठाकुर, अभय ठाकुर, गौतम शर्मा, राम हृदय साह, कमलेश महतो, गंगा यादव, संजीव साह, राजा साह, श्याम साह, धर्मेन्द्र गुप्ता, मनिष गोस्वामी, जयप्रकास यादवलगायतका कतारमा रहेका मधेशीसँग सम्बन्धित विभिन्न संस्थाहरुको व्यक्तिहरुको रंगारंग कार्यक्रममा उपस्थिति थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »