Close sidebar
  • ताजा
  • लोकप्रिय
  • लिखु तामाकोशी गाउँपालिकाका पूर्वपालिका अध्यक्ष सहित ५ जना भ्रष्टचार मुद्धामा दोषी ठहर

    १३ चैत्र, रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका पूर्वअध्यक्ष सहित ५ जना दोषी ठहर भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय गर्दा भ्रष्टचार भएको भन्दै २७ जनालाई मुद्धा चलाएका मध्ये लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्का सहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

    विशेष अदालतले खड्का सहित राजु प्रदान न्यौपाने, टंकप्रसाद चौलागाई, दुर्गा बहादुर तामाङ र नोर्बु लामालाई विशेष अदालतले दोषी ठहर गरेको हो । टेकनारायण कुँवर र तेजनारायण सिंह राईको संयुक्त इजलासले खड्कालाई १ करोड ९९ लाख रुपैयाँ जरिवाना र ६ महिना कैद सजाय सुनाएको छ ।

    Advertisement

    यस्तै, राजुप्रसाद र टंकप्रसादलाई ३ महिना कैद र ६३ लाख १० हजार ८ सय ३६ रुपैयाँ, दुर्गाबहादुर र नोबुलाई ३ महिना कैद र ३१ लाख ५५ हजार ४ सय १८ रुपैयाँ जरिवाना तोकेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »