Close sidebar
  • ताजा
  • लोकप्रिय
  • मौसम प्रतिकुल बन्दा ज्योती मगरको प्रस्तुती बिहीबार

    ७ चैत्र, बाँके । नेपालगञ्जको वाटरपार्कमा मङ्गलबार देखि सुरु भएको सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सवको तेस्रो दिन बिहीबार ज्योती मगरको बेजोड प्रस्तुती रहने भएकोछ ।

    प्रतिकुल मौसमका कारण बुधबार ज्योती मगर सहितका राष्ट्रिय कलाकारको प्रस्तुती हुने पूर्वनिर्धारित कार्यक्रम बिहीबार हुने भएको हो । बुधबार स्थानीय कलाकारले आफ्नो प्रस्तु्ती मार्फत दर्शकलाई नचाए ।

    Advertisement

    आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अनुसार बुधबारको पूर्वनिर्धारित सबै कलाकारहरुको बिहीबार प्रस्तुती रहेनछ । बिहीबार विहान ११ बजेदेखि स्थानीय कलाकारको प्रस्तुती रहनेछ भने दिउँसो २ बजेपछि राष्ट्रिय कलाकारको प्रस्तुती रहनेछ ।

    मेहनत सृजना उत्पादन र बस्तुः मेरै नेपालको भन्ने मूल नाराका साथ सञ्चालित महोत्सवको तेस्रो दिन गायिका ज्योती मगरले आफ्नो प्रस्तुती राख्ने आयोजक महासंघका प्रचारप्रसार संयोजक इन्द्रबहादुर खत्रीले जानकारी दिए ।

    Advertisement

    ज्याती मगरका साथ तेस्रो दिन गायक कमल विसी ‘माल्दाई’ र सपना शाहीको प्रस्तुती रहनेछ । भने पुरुषोत्तम सापकोटा र रुपा घर्तीमगरको जोडीले उक्त कार्यक्रमको सञ्चालन गर्नेछन् ।

    नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति(महिला उद्यमी समिति) बाँकेको आयोजना, महासंघ नेपालगन्ज नगरसमितिको सहआयोजक रहेको महोत्सवलाई मुख्य प्रायोजक होटल बाटिका, प्रायोजक नेपाल टेलिकम र संरक्षकमा नेपालगन्ज उपमहानगरपालिका रहेकोछ ।
    चैत १८ गतेसम्म सञ्चालन हुने महोत्सवका समयमा होली पर्ने भएकाले चैत १२ गते होली उत्सव कार्यक्रम राखिएको छ । होली उत्सवका दिन नेपाली सिने जगतका ख्याती प्राप्त कलाकार पल शाहलाई आमन्त्रण गरिएको छ ।

    Advertisement

    महासंघ, बाँकेका अध्यक्ष मधुकुमारी खड्काका अनुसार महोत्सवमा १७५ स्टल बुक भइसकेका छन् । जसमध्ये व्यवसायिकका ९०, घरेलुका ५०, प्रायोजकका ८, थारु गाउँका १२ र होटल सम्बन्धि १५ स्टल रहेका छन् । महोत्सव अवलोकनका लागि टिकटको मूल्य रु १०० राखिएको छ । विद्यार्थीहरुका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

    तराई क्षेत्रमा गर्मी बढ्न थालेको अवस्थालाई ध्यानमा राखेर महोत्सव साँझ ८ बजेसम्म सञ्चालन हुने जनाइएको छ । महोत्सवमा रु दुई करोड बढीको कारोबार तथा दुई लाख बढी दर्शक अवलोकन गर्न आउने अपेक्षा गरिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »