Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगञ्ज स्थित प्रदिप मासु प्याकेजिङ सेन्टरमा अवैध मासु फेला

    २८ फाल्गुन, बाँके । बाँकेको नेपालगञ्ज स्थित खजुरा रोडमा रहेको प्रदिप मासु प्याकेजिङ सेन्टरमा अवैध रुपमा भारतबाट चोरी पैठरी गरी ल्याइएको बोनलेस मासु फेला परेको छ ।

    सोमबार उक्त सेन्टरबाट नेपालगञ्जका व्यवसायीहरुले २ सय ९१ केजी बोनलेस मासु फेला पारेर प्रहरीलाई बुझाएको जानकारी गराएका छन ।

    Advertisement

    तुल्नात्मक रुपमा भारतमा नेपालभन्दा मासु सस्तो रहेको र खुला सिमानाकाका कारण अवैध रुपमा चोरी पैठरी गरेर निकासी गर्ने गरेको हुनले आफुहरुकोे व्यवसाय नै धरापमा परेको कुखुरा व्यवसायीले बताए ।

    आफुहरुको व्यापार नै ठप्प बनाएपछि सिमानाकामा निग्रानी बढाउन आफुहरु सुराकी तैनाथ गर्ने अवस्था समेत आएको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २३ मा रहेको कादरी पोल्ट्री फर्मका सञ्चालक एवं कुखुरा व्यवसायी संघका सदस्य अहमद हुसैन खानले जानकारी गराए ।

    Advertisement

    सोही निग्रानीको आधारमा सिमानाकाबाट भारी मात्रामा अवैध रुपमा मासु निकासी हुने जानकारी पाएपछि नेपालगञ्जका विभिन्न मासु सेन्टर सम्म पुग्ने गरेको तथ्य बाहिर आएको उनले दावी गरे ।

    विभिन्न सिमानाकाबाट १००० केजी मासु भित्रिएपनि उक्त मासु सेन्टरमा करिब ३ क्युन्टल मात्रै पुगेको व्यवसायीहरुको दावी छ ।

    Advertisement

    तस्करहरुलाई पछयाउदै जादा उक्त मासु प्रदिप मासु सेन्टरमा झारेको फेला पारेपछि व्यवसायीहरुले प्रहरीलाई जानकारी गराएको बताए ।

    कुखुरा व्यवसायी खानले उक्त मासु प्रदिप मासु सेन्टर सम्म ल्याउने व्यक्ति नस्रुद्दिन, फक्रुद्दिन र भुरे भन्ने हकिमुद्दिन रहेको जानकारी गराए । उक्त सेन्टरमा मासु झार्न साथ भागेको बुझिएको छ ।

    Advertisement

    यी व्यक्ति पेशा नै सिमानाकाबाट अवैध रुपमा सरसामान चारी र पैठरी गरेर नेपालमा निकासी गर्ने र विभिन्न ठाँउमा सप्लाई गर्ने गरेको कुखुरा व्यवसायीले बताए ।

    खुला सिमानाकाबाट हुने गरेको अवैध चोरी निकासी कै कारण नेपालका कृषक र व्यवसायी मर्कामा परेको व्यवसायीहरुले सुनाए ।

    उनीहरुका अनुसार बाँकेबाट मात्रै नभई बर्दियाका समेत विभिन्न नाकाबाट अवैध रुपमा मासु निकासी हुने गरेको जानकारी गराए ।

    प्रदिप मासु प्याकेजिङ सेन्टरका आधिकारिक व्यक्तिका अनुसार उक्त मासु यहाँ सम्म कसरी आएको जानकारी नरहेको र आफ्नो समेत नरहेको बताए । आधिकारिक व्यक्ति नरहेको खण्डमा उनीहरुले मासु ल्याएर झारेको बताइएको छ ।

    उक्त मासु अवैध रहेको र भारतबाट ल्याएको प्रहरीलाई रिर्पोट गरेपछि अनुसन्धान अगाडि बढाइएको छ । मासु कुन व्यक्तिले ल्याएको विषयमा सिसिटिभिको आधारमा समेत अनुसन्धान गर्न माग गरिएको छ ।

    यद्दपी सिमानाका चुस्तदुरुस्त र चारी पैठरी निकासीलाई जिरो लेभलमा ल्याउन सरकारले सशस्त्र प्रहरी बल सुरक्षा तैनाथ गरेको छ । तर पनि सशस्त्र प्रहरीकै अगाडिबाट तस्करी भईरहेको व्यवसायीहरुको आरोप छ ।

    उक्त मासु आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »