१५ फाल्गुन, काठमाडौँ । अपरिचित युवतीको अश्लीलता झल्किने भिडियो खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसी रिहा भएका छन् ।
उनलाई काठमाडौँ जिल्ला अदालतले २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । फागुन ६ मा पक्राउ परेका उनी अदालतको आदेशसँगै रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
Advertisement
हलचोक स्थित न्यू इभान पोइन्ट रेष्टुरेण्टमा महिलाको भिडियो खिचेपछि उनी विरुद्ध उजुरी परेको थियो । उजुरीपछि प्रहरी वृत्त स्वयम्भुले उनलाई थुनामा राखेर अनुसन्धान गरेको थियो ।
टिप्पणीहरू