११ फाल्गुन, बिराटनगर । झापा र मोरङ जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार अपरान्ह साढे ४ बजे झापाको दमक नगरपालिका– ६ स्थितमा लागुऔषधको बेचबिखन भईरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले गौरीगंज– ३ का १९ बर्षीय गगन ऋसिदेवलाई फेला पारी चेकजाँच गर्दा उनले बोकेको कालो झोलामा लुकाईछिपाई ल्याउदै गरेको अवस्थामा १ सय २ ग्राम ब्राउनसुगर फेला पारी बरामद गरेको थियो ।
Advertisement
ऋसिदेव संग बरामद गरेसगै बेचबिखनमा संलग्न सोही स्थानका २७ बर्षीय रविन पासवानलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
यस्तै, ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड– ५ र ६ का १९ बर्षीय निराज मण्डल र १९ बर्षीय राहुल चौधरीलाई ४ ग्राम ब्राउनसुगर सहित बिर्तामोड– ४ बाट पक्राउ गरेको हो ।
Advertisement
यस्तै, मोरङको बिराटनगर– १७ मटेरुवा स्थित ईलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिरानगटबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्री स्थानीय ३५ बर्षीय अनबर अलीलाई ९ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
यस्तै, बिराटनगर– १६ हुलास चौकबाट धरान– १५ का ४२ बर्षीय सारक तामाङलाई प्रतिबन्धित औषधी लुपिजेसीक, डाईजेपम, ऐभिल र फेनारागन गरि जम्मा ४० एम्पुल सहित प्रहरीले पक्राउ गरेको हो ।
Advertisement
लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
टिप्पणीहरू