११ फाल्गुन, काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले तीन मन्त्रीहरुको राजिनामा शुक्रबार पनि माग गरेको छ । एमालेले संसद शुरु भएदेखि नै लगातार रुपमा तीनमन्त्रीको राजिनामा माग गर्दै आएको छ ।
नेकपा एमालेका नेता योगेश कुमार भट्टराईले सरकारमा सहभागी भएका तीन मन्त्रीवारे तत्काल प्रधानमन्त्रीले जवाफ दिनुपर्ने पनि माग गरे ।
Advertisement
उनले बालकुमारी घटना निकै गम्भीर रहेको र त्यसमा संलग्न रहेको भनि दोषी देखिएका मन्त्रीलाई हालसम्म कारवाही नगरिएको भन्दै संसद चल्न दिन नसकिने बताए । उनले वालकुमारी घटना इपियसमा परिक्षा दिन गएका विद्यार्थीहरु माथि जसरी दमन गरियो अनि घटना भयो तर सरकारका मन्त्री झन्डा हल्लाउदै भिडलाई उत्तेजित बनाएको आरोप उनले लगाए ।
मन्त्रीहरु जाने बाटोमा सुरक्षाको अवस्था कस्तो छ भनेर जानकारी हुदाँ हुदैँ त्यही वाटोवाट हिड्दा परिस्थिति उत्तेजित भएको उनको दावी छ ।
Advertisement
‘यसरी नैतिक रुपमा दोषी मन्त्री पदमा बस्न मिल्दैन’ उनले भने ‘हत्या हो भनेर प्रधानमन्त्रीले भनेपछि गृहमन्त्रीले नैतिक जिम्मेबारी लिन पर्छ कि पर्दैन ।’
टिप्पणीहरू