१० फाल्गुन, बाँके । स्वास्थ्य सेवा विभाग अन्र्तगत ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले छेडागाड नगर अस्पतालको लागि एन्टि रेविज भ्याक्सिनको कोटा निर्धारण गरेको छ ।
स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र कर्णाली प्रदेश सुर्खेतलाई एक पत्र मार्फत एन्टि रेविज भ्याक्सिनको कोटा निर्धारण गरेको महाशाखाका ब.मे.सु. डा. हेमन्त चन्द्र ओझाले जानकारी दिए ।
Advertisement
छेडागाड नगर अस्पताल जाजरकोटले मंसिर १९ गते एन्टि रेविज भ्याक्सिनको कोटा माग गरेको थियो । जस पश्चात भाैतिक पूर्वाधार तथा यातायात मन्त्रीकाे निजी सचिवालयका छैठाैं तहका अधिकृत पबन थापाकाे पहलमा भ्याक्सिनको कोटा उपलब्ध गराइएकाे हाे ।
महाशाखाले मासिक ४० वटा ARV भाईरल भ्याक्सिनको कोटा तोकेको ब.मे.सु.डा. ओझाले जानकारी गराए ।
टिप्पणीहरू