१० फाल्गुन, काठमाडौं । नेपाल ‘ए’र क्यानडा-११ बीच जारी तीन खेलको एकदिवसीय शृङ्खला अन्तर्गत बिहीबार अन्तिम प्रतिस्पर्धा हुँदैछ। खेल बिहान ९:३० बजे मुलपानी क्रिक्रेट मैदानमा सुरु हुनेछ।
यसअघि भएका दुई खेलमा नेपाल र क्यानडा एक–एक खेल जितेका छन् । पहिलो खेल क्यानडा-११ ले ४ विकेटले जितेको थियो भने दोस्रो खेल नेपालले २ विकेटले जितेको थियो ।
Advertisement
शृङ्खला १-१ को बराबरीमा रहेको अवस्थामा आज अन्तिम खेल हुँदैछ । आजको खेल जित्ने टोलीले शृंखला आफ्नो पक्षमा पार्नेछ ।
टिप्पणीहरू