Close sidebar
  • ताजा
  • लोकप्रिय
  • वर्तमान गठबन्धन सरकार राष्ट्रका लागि बोझः अध्यक्ष ओली

    ९ फाल्गुन, काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको सातौं पूर्ण बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार देखि शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुरु भएको बैठक तीन दिनसम्म सञ्चालन हुनेछ ।

    सोमबार बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकार पूर्णरूपमा असफल भएको र सरकार जति दिनसम्म रहन्छ, त्यो राष्ट्रलाई बोझ हुने बताएका छन । उनले भने, ‘गठबन्धनको असफलताले देश सङ्कटमा परेको छ ।’

    Advertisement

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्षको कार्यकालमा केही गर्न नसकेको स्वीकार गरेकाले सरकारको असफलतालाई पुष्टी गरेको र प्रधानमन्त्रीले अब आफू सुध्रिने बताए पनि सुध्रिने कुनै सङ्केत नदेखिएको अध्यक्ष ओलीले बताए । उनले वर्तमान गठबन्धन सरकारबाट राष्ट्र पीडित रहेको बताए ।

    सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) पीडितहरूले न्याय पाउने गरी टुङ्ग्याउनुपर्ने धारणा राख्दै अध्यक्ष ओलीले भने, ‘प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनिच्छा देखाएकै कारण सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्याउन १८ वर्षदेखि रोकिएको छ ।’ उनले पीडितले न्याय पाउनुपर्ने कुरामा पार्टीको स्पष्ट अडान रहँदै आएको बताए ।

    Advertisement

    सरकारको असफलताका कारण जनतामा निराशा सिर्जना भएको, युवा विदेश पलायन भइरहेको, गरिबी बढेको, व्यापार व्यवसाय बन्द हुँदै गएको र जनताको आक्रोश र निराशालाई भित्री बाहिरी दक्षिणपन्थीहरूले प्रयोग गर्न खोजिरहेको विश्लेषण अध्यक्ष ओलीले सुनाए ।

    बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीलाई कारबाही नभएकोमा आपत्ति जनाउँदै अध्यक्ष ओलीले सरकारले बनाएको आयोगले तोकेर मन्त्रीलाई दोषी देखाउँदा पनि कारबाही गर्न नसकेर सरकारले हुतिहारापन देखाएको बताए ।

    Advertisement

    गठबन्धनलाई कुनै लोकलाज नभएको बताउँदै उनले भने, ‘आयोगले तोकेर मन्त्रीलाई दोषी देखाएको छ, न मन्त्री राजीनामा गर्छ, न सरकारसँग हटाउने हुती छ । नैतिकता नभएको मन्त्री, हुतिहारा प्रधानमन्त्री ।’

    उनले एमाले सङ्क्रमणकालीन न्यायको समस्या अविलम्ब टुङ्ग्याउन चाहन्छ भन्दै टुङ्ग्याउँदा पीडितलाई नै पीडा थपेर, उनीहरूलाई करकापमा मन्जुर छांै भन्न लगाएर होइन, न्याय दिएर अथवा पीडित मैत्री ढङ्गले यस समस्याको समाधान हुनुपर्ने बताए ।

    Advertisement

    अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा शान्ति प्रक्रियाका बाँकी कामहरू टुङ्ग्याउन चाहेको तर प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुरा राख्दा तयार नभएको बताए ।
    अहिले दुबै पीडक पक्ष नै राज्य सञ्चालनमा भएकाले पीडितले न्याय पाउने गरी सङ्क्रमणकालीन न्यायको विषय टुङ्गिन्छ भन्ने आफूलाई विश्वास नरहेको उनको भनाइ छ ।

    अध्यक्ष ओली भने, ‘अहिले पीडितमैत्री नहुन सक्ने सम्भावना धेरै छ किनभने त्यसबेलाका विद्रोहीहरूको तर्फबाट पीडा दिने समूहको पक्षबाट प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्छ । क्रान्तिका नाममा पीडा दिने प्रधानमन्त्री, राज्यका तर्फबाट हिंसा रोक्ने नाममा पीडा दिने शेरबहादुरजी गठबन्धनमा हुनुहुन्छ । दुवै पीडक पक्ष राज्य सञ्चालनमा छन्, पीडकले न्याय दिन खोज्दा आफ्नो हित केन्द्रभागमा राखेर गर्न खोज्छ ।’

    अध्यक्ष ओलीले गठबन्धनको एकमात्र एजेण्डा एमालेको विरोध र बदनाम गर्ने रहेको बताए । अध्यक्ष ओलीले गठबन्धनमा रहेका दलहरूलाई एमाले विरुद्ध झुठा लान्छना लगाएर होइन, विचार, नीति, कार्यक्रम र कार्ययोजना र राम्रा काममा प्रतिस्पर्धा गर्न चुनौती दिए ।

    उनले गत निर्वाचनपछि गठबन्धनको चरित्र बदल्न एमालेले पहल गरे पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इमानमा अड्न नसक्दा एमालेसँगको गठबन्धन भत्कन पुगेको बताए ।

    गठबन्धनले आफ्नो असफलता सँगै एमालेलाई पनि डुवाउन देशमा काम गर्ने कोही छैन, कोही नयाँ आए हुन्थ्यो भन्ने भाष्य निर्माण गर्ने काम गरिरहेको बताउँदै उनले राजनीतिक सोंच, चिन्तन केही नभएका मानिस लहडको भरमा राजनीतिक मैदानमा देखिनु देशका लागि शुभ सङ्केत होइन भने ।

    अध्यक्ष ओलीले भने, ‘हामीले पार्टीलाई विकासको अगुवाई गर्ने, राष्ट्रिय हितको पक्षपोषण गर्ने एउटा सबल राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपरेको छ ।’

    बैठकमा प्रस्तुत अवधारणाहरू उपर छलफल गरी निचोडमा पुग्नका लागि स्थायी कमिटीका सदस्यहरू रहेको एक, सात प्रदेशका सात र उपत्यका तथा सम्पर्क विशेष, जनसंगठन, प्रवासको एक गरी नौवटा समूह विभाजन गरिएको छ । बैठकमा प्रस्तुत अवधारणाउपर आजदेखि समूहगत छलफल शुरु हुनेछ ।

    बैठकमा ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा’ र पार्टीको संगठनात्मक सुदृढीकरण र विस्तार अभियान ‘मिसन ग्रासरुट’का सकारात्मक प्रभावका विषयमा समेत समीक्षा हुने छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »