८ फाल्गुन, वीरगञ्ज । पर्साको वीरगञ्जमा लगाइएको कर्फ्यू केही समयका लागि हटाइएको छ।
मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यू हटाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।
Advertisement
१० बजेपछि भने कर्फ्यू यथावत् रहने प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सूचना जारी गरेर जनाएका छन ।
रौतहटमा भएको झडपको विषयमा दिउँसो प्रदर्शन भएपछि हिंसा भड्किन सक्ने भन्दै जिल्ला प्रशासनले सोमबार अपराह्न ५ बजेदेखि वीरगञ्जका केही भागमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो ।
Advertisement
वीरगञ्ज महानगरपालिकाको पूर्वमा नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरीपुलसम्म कर्फ्यू लगाइएको हो।
टिप्पणीहरू