८ फाल्गु, रामेछाप । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१, राकाथुमको कोथपे र सिन्धुलीको सुनकोशी गाउँपालिका–२, मझुवा जोड्ने झोलुङ्गे पुल निर्माण सुस्त गतिले अघि बढेको छ । तीन वर्षअघि सुरु भएको पुल निर्माण कार्यको ३५ प्रतिशत मात्रै निर्माण कार्य सम्पन्न भएको छ ।
सङ्घीय सरकारको सात करोड ३५ लाख रुपियाँ लागतमा निर्माण थालिएको उक्त पुलको लम्बाइ ४ सय ६५ मिटर रहेको छ । आर्थिक वर्ष २०७७÷७८ मा निर्माण सुरु भएको पुल कोभिड–१९ का कारण काम रोकिएको थियो । आव २०७८र७९ को सुरुवातीबाट पुनः निर्माण सुरु गरिए पनि रामेछाप तर्फको पिल्लर कोल्टिएपछि काम रोकिएको स्थानीयको भनाइ छ ।
Advertisement
निर्माणाधीन उक्त पुलको डिजाइन प्रोसेस र निर्माण चरणमा प्राविधिक समस्या आएपछि निर्माण कार्यमा ढिलाइ भएको खाँडादेवी गाउँपालिका–१ का पूर्व वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार ‘पुलको डिजाइन प्रोसेस र निर्माणको चरणमा प्राविधिक समस्या आएपछि निर्माणमा ढिलाइ भएको हो । अहिले झोलुङ्गे पुल निर्माण कार्य अघि बढेको छ, छिटै निर्माण सम्पन्न हुने जनाइएको छ ।
Advertisement
अहिलेसम्म ३५–४० प्रतिशत काम सकिएकाले आगामी असोजसम्म काम सक्ने गरी निर्माण कम्पनीले काम गरिरहेको पूर्व वडाध्यक्ष श्रेष्ठको भनाइ छ ।
– गोर्खापत्रबाट
टिप्पणीहरू