Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ६ सय १४ किलो गाँजा सहित चितवन र मकवानपुरबाट ५ जना पक्राउ

    ८ फाल्गुन, काठमाडौँ । चितवनको राप्ती नगरपालिका-३ झुरझुरेबाट करिब ५ सय ४४ किलो गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धनकुटा छथर जोरपाटी गाउँपालिका-३ बस्ने ३२ वर्षीय रमेश नाथ दाहाल र कपिलवस्तु बुद्धभूमि नगरपालिका-४ बस्ने २५ वर्षीय शुसिराम थारू रहेका छन्।

    इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको ना३ख ६१२२ नम्बरको ट्रक र ना३ख ७२४० नम्बरको डिब्बा ट्रकलाई जाँच गर्ने क्रममा डिब्बा ट्रकबाट ३९ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारेको हो।

    Advertisement

    सोही ट्रकका चालक रमेश नाथ र ना३ख ६१२२ नम्बरको ट्रकका सहचालक शुसिरामलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। हाल फरार ना३ख ६१२२ नम्बरको ट्रकका चालकको प्रहरीले खोजी गरिरहेको छ।

    यस्तै मकवानपुर, राक्सिराङ गाउँपालिका-५ बोटबारीबाट करिब ७० किलो ६ सय ग्राम गाँजा सहित ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-१ सानो भावर बस्ने ५० वर्षीय पूर्णबहादुर मोक्तान, २४ वर्षीय बावुलाल स्याङतान र हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने २४ वर्षीय आमोस पुलामी मगर रहेका छन्।

    Advertisement

    प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले परेवा भिरबाट पलासेतर्फ जाँदै गरेको प्रदेश ३-००१ ह ०१९६ नम्बरको अटोलाई रोक्न खोज्दा अटो नरोकी भाग्ने क्रममा पल्टिएको थियो। साथै अटोमा २ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी अटोमा सवार उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अटो चालक भने फरार छन्।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »