२ माघ, बाँके । सशस्त्र प्रहरीले बाँकेका विभिन्न स्थानबाट २० लाख रुपैँया बढीको भन्सार छलेर भारतबाट ल्याइएका अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण बागेश्वरी मातहतका युनिटहरुले २० लाख रुपैँयाको बढीका अवैध सामान नियन्त्रणमा लिएका हुन ।
जिल्लाका विभिन्न स्थानहरुबाट काँस तथा पित्तलका भाँडा वर्तन, मोटरसाईकल पाट्र्स, लत्ताकपडा, किराना सामानहरु, फलफुल तथा विरुवाहरु र गाडी सहित अवैध कुखुराहरु गरी २० लाख ५ हजार ७ सय ८० बराबरको सामानहरु बरामद गरेको छ ।
Advertisement
सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण बागेश्वरी बाँके, प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह, बिओपी जयसपुर र बिओपी कालाबन्जरबाट खटिएको टोलीले बाँके जिल्लाका विभिन्न स्थानहरुबाट भारतबाट अवैध रुपमा चोरीपैंठरी गरी नेपाल तर्फ ल्याउदै गरेको १ लाख ४१ हजार ८० मूल्य बरावर मोटरसाईकलका पाट्र्सहरु, करिब २ लाख ४२ हजार मूल्यको काँस तथा पित्तलका भांडाहरु, ९० हजार मुल्य बराबरका विभिन्न प्रकारका फलफूल तथा बिरुवाहरु र ५२ हजार मूल्य बराबरको लत्ताकपडा बरामद गरेको हो ।
यसैगरी नरैनापुर गाँउपालिका ६ स्थित नन्कउपुर ईलाकामा भे १ च ३६१५ नम्बरको म्याजिक गाडीमा भारतबाट नेपाल तर्फ ल्याउंदै गरेको बिलबिजक नभएको अन्दाजी ३ लाख २० हजार मुल्य बराबरको ८ सय के.जी. अवैध बोईलर कुखुराहरु र कुखुरा बोक्न प्रयोग गरिएको १० लाख मूल्य बराबरको गाडी सहित चालक बाँके जिल्ला राप्तीसोनारी गाउँपालिका ७ बस्ने बर्ष २५ का राजेश चौधरीलाई समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाईएको छ ।
टिप्पणीहरू