Close sidebar
  • ताजा
  • लोकप्रिय
  • प्रतापपुरमा आयुर्वेद उपचार प्रभावकारी बन्दै

    संजय कुशवाहा
    २५ पौष, नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न.६ गुठी परसौनी स्थित सञ्चालनमा रहेको आयुर्वेद औषाधालय  प्रभावकारी बन्दै गएको छ । प्रतापपुर आयुर्वेद औषधालय अन्तर्गत रहेको औषधालयले बाथरोगका बिरामीहरुको उपचारका लागि स्नेहन र स्वेदन सेवा सञ्चालनमा आएपछि अघिल्लो समय भन्दा अहिले आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले साइड इफेक्ट पनि नहुने भएकाले यसतर्फ बिरामीहरूको आकर्षण बढ्दै गएको हो ।

    आयुर्वेद विधिबाट रोग लाग्न नदिने र रोग लागेपछि पनि नि:शुल्क उपचार हुने तथा साइडइफेक्टको सम्भावना न्यून रहेकाले आकर्षण बढेको छ । आयुर्वेदिक उपचार पद्धति र जडीबुटीबाट बनेका औषधिबाट एलोपेथिक औषधिको जस्तो साइडइफेक्ट नरहने र रोग निको भई शारीरिक दुर्वलता पनि कम हुने भएपछि सेवाग्राहीहरूको आयुर्वेद उपचारतर्फ आकर्षण बढेको आयुर्वेद औषधालयका प्रमुख दिन बन्धु मिश्राले बताए ।

    Advertisement

    आयुर्वेदिक उपचारका लागि सबैभन्दा बढी पेटको समस्या, बाथ, छातीसम्बन्धी दम, खोकी, एलर्जी, पायल्स, रक्तचाप, मधुमेह र महिला सम्बन्धित रोगहरूको उपचारका लागि आयुर्वेद औषधालयमा आउनेको संख्या पनि प्रशस्तै रहेको छ । बाथ, हाडजोर्नी र नसासम्बन्धी रोगमा स्नेहन र स्वेदन विधिबाट गर्ने उपचार प्रभावकारी रहेको छ ।

    आयुर्वेद उपचार प्रति सर्वसाधारणको आकर्षण बढे पनि बजेट र पूर्वाधार अभावले प्रभावकारी रुपमा सेवा दिन नसकिएको कार्यालयका प्रमुख मिश्राले बताए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »