Close sidebar
  • ताजा
  • लोकप्रिय
  • बालकुमारी घटनाको अनुसन्धान गर्न उच्चस्तरीय आयोग गठन हुदैँ

    १६ पौष, काठमाडौँ । गत शुक्रबार दुई युवाको ज्यान जाने गरी बालकुमारीमा भएको घटनाको अनुसन्धान गर्न सरकारले आज उच्चस्तरीय आयोग गठन गर्ने भएको छ ।

    आज बस्ने मन्त्रिपरिषद् बैठकले आयोग गठनको निर्णय गर्न लागेको हो ।

    Advertisement

    यसअघि गृह मन्त्रालयले घटना भएकै दिन शुक्रवार नेपाल प्रहरीका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । तर समितिमा पीडित पक्षको प्रतिनिधित्व नभएको भन्दै मृतकका परिवारले प्रधानमन्त्रीलाई भेटेरै न्यायिक आयोगको माग गरेका थिए ।

    पीडित पक्षको माग सम्बोधन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा आयोग गठन गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गृह मन्त्रालयको तर्फबाट आयोग गठनसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा जानेछ ।

    Advertisement

    बालकुमारी घटनाको सत्यतथ्य छानबिन र दोषीलाई कारबाही गर्न सरकारलाई चौतर्फी दबाब बढेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »