१० पौष, बाँके । चर्चित गायिका समिक्षा अधिकारीको ‘कि म तिम्रै हो भन, कि मायाले भो भन ऐना हेर्दा हेर्दै गयो जोवन’ गाएपछि नाच्दै रमाएका छन ।
मंगलवार नेपालगञ्जको महोत्सवमा पछिल्लो समय दर्शकको मन जितेकी चर्चित गायिका अधिकारीले खुलेरै दर्शक सामु ‘कि म तिम्रै हो भन कि मायाले भो भन ऐना हेर्दा हेर्दै गयो जोवन’ बोलको गीत प्रस्तुत गरेपछि नेपालगञ्ज महोत्सवका दर्शक नाच्दै रमाएका थिए । महोत्सवमा अधिकारीको फ्यानहरुको क्रेज देखिएको थियो ।
Advertisement
महोत्सवमा अधिकारीले ‘फेरी कहां आउंछ र घुमेर यो बालापनको उमेर, धनगढीको बसमा आउंदा मलाई ल्याइदिनुन चट कालो चस्मा, कुरा बुझ्न पर्छ कुरा बुझ्न पर्छ जसले माया गर्छ उसलाई जोवन पर्छ, कि म तिम्रै हो भन कि मायाले भो भन ऐना हेर्दा हेर्दै गयो जोवन, मायालाई एउटा फुल दिनुपर्ला अरुलाई एकछिन भुल्दीनु पर्ला पोखरा बगर, हावा चिसो चिसो हजुरलाई जाडों भा होला मेरो पछेउंरी लिस्यो, नबोली नबोली तिमीसंग नबोली दिनै ढल्दैन है माया तिमलाई नहेरी, तिम्रो मायाले मलाई हास्न सिकायो तिम्रो मायाले मलाई बाच्न सिकायो लगायतको गीतहरु प्रस्तुत गर्दा दर्शकहरु झुमेरै नाचेका थिए । गायिका अधिकारीले लगातार एकपछि आफ्ना चर्चित गीत गाएर दर्शकलाई नचाएकी थिइन । करिब दर्जन बढी उनले आफ्ना र्चिर्चत गीत प्रस्तुत गरेकी थिइन ।
यस्तै, महोत्सवका आकर्षकमा विभिन्न खाले बालउद्यान, थारु गाउं, फोटो सेसनका लागि विभिन्न स्टल, सोनी डान्सको कला प्रस्तुत रहने आयोजक ए.जि. सर्भिस प्रा.लि.का संयोजक नन्द बुढाले जानकारी गराए ।
Advertisement
हरेक दिन राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहनुका साथ थारु गाँउमा थारु परिकारहरुको स्वाद लिन सकिने आयोजकका संयोजक बुढाले बताए । उक्त महोत्सव पुष १७ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।
यस्तै, आज उद्धोषण अशोक रावल र प्रेरणा गिरीले संचालन गरेका थिए ।
Advertisement
बुधबार महोत्सवमा चर्चित गायिका कलाकार ज्योति मगर, मोडल विजय पुन, गायक तथा उद्घोषक दिपु मगर लगायतको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।
टिप्पणीहरू