Close sidebar
  • ताजा
  • लोकप्रिय
  • कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्याललाई खुला सिमानाकामा कडाई गर्न आग्रह

    इमरान खान
    ९ पौष, कपिलवस्तु । हालै सरुवा भएर आएका जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जिल्लाको शान्ति सुरक्षाको लागि आफु गम्भिर रहेको बताएका छन । सीमा सुरक्षा लगायत शान्ति सुरक्षाका विषयमा हरेक तवरबाट आफु संवेदनशील रहेको जानकारी गराए ।

    कपिलवस्तु उद्योग व्यापार संघले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । प्रमुख जिल्ला अधिाकारीले छोटो समयमै धेरै संघसंस्थाले आफुलाई स्वगत गर्दै सहकार्यको लागि आह्वान गरेको भन्दै खुसी समेत व्यक्त गरे । कपिलवस्तु खुला सिमानाका भएकोले सीमानाकामा आईपर्ने समास्या समाधान गर्न सबैले प्रकारको सहयोग गर्ने विश्वास व्यक्त गरे ।

    Advertisement

    यस्तै, उनले लागुपदार्थ दुव्र्यसनीको समस्यालाई धेरैले उठाईरहेको बताउदै उक्त समस्या समाधान गर्न सर्वप्रथम परिवार र समाजबाट महत्वपुर्ण कदम चाल्नुपर्ने बताए । लागुपदार्थ ओसारपासार र बेचविखनको सन्दर्भमा आफु सचेत रहेको बताए ।

    यस्तै, संघका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले संघले गरेका कामहरुको चर्चा गर्दै संघको परिचय गराएका थिए । उनले समग्र जिल्लाको विकासको लागि निजि क्षेत्रका उद्योगि व्यवसायीहरु सरकार संग सहकार्य गर्न तयार रहेकोले त्यस्तो वातावरण सिर्जना गरिदिन आग्रह समेत गरेका थिए ।

    Advertisement

    यस्तै, संघका संरक्षक टोपनरायण बेलबासे र पुर्व अध्यक्ष हुमानाथ पौडेलले कपिलवस्तुमा खुल्ला सिमानाकाका कारण आउने चुनौतिलाई समाधान गर्ने बिश्वास व्यक्त गरे । उनले उद्योगी व्यवसायीका समस्या समाधानमा पनि प्रशानिक तवरबाट सहयोग गरिदिन आग्रह गरे । बाणगङ्गा सहित कपिलवस्तुमा लागुऔषध दुव्र्यसनी समस्या टड्कारो बनिरहेको भन्दै उक्त समस्यामा देखिनेगरि काम गर्न आग्रह गरे ।

    सोहि कार्यक्रममा संघका सञ्चालक समिति पदाधिकारी, संघका सदस्य लगायतलाई गाय छाप ब्राण्डको उत्पादक एरियल उद्योगका सञ्चालक कलामुद्धिन मुसलमानले ५० ज्याकेट उपलब्ध गराएका थिए ।

    Advertisement

    पेशागत महासंघ जिल्ला अध्यक्ष बाबुराम पोख्रेल, संघका वित्त सल्लाहकार, प्रेम राज घिमिरे, सिया आर्ट एण्ड क्राफ्टका सञ्चालक विनय त्रिपाठी, संस्थाका पदाधिकारी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »