८ पौष, विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङ समक्ष राष्ट्रिय दलित आयोगका सदस्य टुन्ज बराइलीको नेतृत्वमा तेश्रो वार्षिक प्रतिवेदन पेश भएको छ ।
नेपालको संविधानको धारा २९४ को उपधारा ९३० बमोजिम आर्थिक वर्ष ०७९र८० को प्रतिवेदन पेश भएको हो ।
Advertisement
प्रतिवेदन बुझ्दै प्रदेश प्रमुखले वि.सं. २०२० भाद्र १ गते जारी भएको मुलुकी ऐनले छुवाछुत हुनुहुन्न भनेर तोकिएपनि अहिलेसम्म भेदभाव भइरहनु दुःखद भएको बताएका छन । पछिल्लो दिनमा दलित समुदायबाट स्वास्थ्य सेवामा कार्यरतको हातबाट औषधी नलिनु जस्ता घट्नाले लज्जित बनाएको बताएका छन । साथै, यो समस्या दलितको मात्रै नभई राष्ट्रिय समस्या भएको प्रदेश प्रमुखले बताए ।
यस्तै, राष्ट्रिय दलित आयोगका सदस्य टुन्ज बराइलीले दलित समुदायले छोएको पानी मात्रै नभई माया पनि चल्न छोडेको बताए । युवावस्थामा प्रेम भएपनि जातको कारण मारिनेसम्मको घटना दुःखद भएको उनको भनाई थियो ।
टिप्पणीहरू