५ पौष, बाँके । छैठौं नेपालगञ्ज महोत्सव आज देखि संचालन हुन लागेको छ । कृषिलाई विषेश प्राथमिकता दिदैँ कृषि प्रवर्दन, पर्यटन, औद्योगिक, ब्यापार तथा सांस्कृतीक प्रदर्शनी महोत्सवको उद्घाटन आज हुनेभएको छ ।
पौष १७ गते सम्म संचालन रह्ने महोत्सव प्रमुख अतिथि कृषि तथा भुमि व्यवस्था, लुम्बिनीका मन्त्री भण्डारीलाल अहिरले गर्ने आयोजकले बुधबार पत्रकार सम्मेलन मार्फत जनाएको छ ।
Advertisement
बुधबार सम्पुर्ण तयारी पूरा भएको जानकारी गराउदै ए.जि. सर्भिसका अध्यक्ष नन्द बहादुर बुढाले महोत्सवको तयारी पुराभएको बताएका छन ।
‘कृषी प्रवद्र्धन व्यापारिक तथा रोजगार पूर्वाधार’ भन्ने मुल नारा सहित ए.जि.सर्भिस प्रा.लि. नेपालगञ्जले यही पौष ५ गते देखि पौैष १७ गते सम्म नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ स्थित रहेको सडक डिभिजन नेपालगञ्ज कार्यालय हाता भित्र खुल्ला प्राङगणमा महोत्सव सञ्चालन हुनेछ ।
Advertisement
उक्त महोत्सवलाई झण्डै ३ लाख बढि दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ । महोत्सवमा कृषि तथा पशुपन्छी, पर्यटन, व्यपारिक लगायत सबै क्षेत्रलाई समेट्ने गरी ३ सय वटा स्टलहरु राखिएको छ जसमा ५० वटा स्टलहरु कृषि तथा पशु पन्छी, उद्यमी, लघुउद्यमीहरुलाई निःशुल्क छुट्टयाइएको छ । आयोजक अनुसार लुम्बिनी प्रदेशभरका कृषकहरुलाई सहभागी गराउने र निशुल्क विविध तालिम उपलब्ध गराउने वातावरण मिलाइएको छ ।
महोत्सव अवलोकनको समय विहान १० बजे देखी साझा ७ बजे सम्म निर्धारण गरिएको छ । महोत्सव अवलोकनका लागि साधारणका लागि प्रति व्यक्ति १०० रुपैँया र विद्यार्थीहरुका लागि ८० रुपैँया निर्धारण गरिएको छ ।
Advertisement
महोत्सवमा थारु गाँउ, बालउद्यान, सबै प्रकारका स्टल, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको जोडदार प्रस्तुती रह्ने आयोजकले जनाएको छ ।
जयमाता दी एमयुजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.ले महोत्सवको व्यवस्थापन गर्ने जिम्मा पाएको छ । यस्तै संरक्षकको रुपमा नेपालगञ्ज उपमहानगरपालिका रहेको छ ।
टिप्पणीहरू