Close sidebar
  • ताजा
  • लोकप्रिय
  • छैठौं नेपालगञ्ज महोत्सवमा प्रदेश स्तरीय खुल्ला एकल नृत्य प्रतियोगिता हुने

    ४ पौष, बाँके । बाँकेको नेपालगञ्जमा यही पौष ५ गते विहीबार सञ्चालन हुन लागेको छैठौं महोत्सवमा प्रदेश स्तरीय खुल्ला एकल नृत्य प्रतियोगिता हुने भएको छ ।

    कृषिलाई विषेश प्राथमिकता दिदैँ कृषि प्रवर्दन, पर्यटन, औद्योगिक, ब्यापार तथा सांस्कृतीक प्रदर्शनी महोत्सवमा पौष ५ गते अडिसन हुने महोत्सव स्थित सचिवालयले जनाएको छ ।

    Advertisement

    उक्त प्रतियोगितामा भाग लिन चाह्ने प्रतिस्पर्धीले सचिवालयमा सम्र्पक गर्न आयोजकले अनुरोध गरेको छ । आयोजक अनुसार प्रतियोगितामा सहभागी हुनका लागि प्रतियोगीहरुले अडिसनबाट छनोट हुनुपर्नेछ । अडिसन महोत्सव परिसरमा हुनेछ ।

    प्रतियोगिताको प्रत्येक चरणामा फरक फरक डान्स फमको प्रस्तुति हुनुपर्नेछ । प्रतियोगिता रेकार्ड गरिएका गीतहरुमा गरिनेछ र गीत प्रतियोगी आफैले ल्याउनुपर्ने सचिवालयले जनाएको छ । प्रतियोगितामा नेपाली गीतमा मात्र नृत्य प्रस्तुत गर्न पाइनेछ ।
    निणर्ायक समितिले प्रतियोगिता बारे थप जानकारी गराउदैँ प्रतियोगिताको हरेक चरणको प्रस्तुति बढीमा ५ मिनेटको हुनुपर्ने जनाएको छ ।

    Advertisement

    विजय हुने प्रथम पुरस्कार रु. ३० हजार, द्वितीय रु. २० हजार, तृतीय रु. १० हजार र सानतोना रु. ५००० आयोजकले निणर्य गरेको छ ।

    आयोजकका अनुसार यस महोत्सवमा टिकट मार्फत भोटिङ नगरिने जनाएको छ । ‘विगतका महोत्सवहरुमा टिकट मार्फत भोटिङका कारण आयोजकलाई धेरै समस्या झेल्नुपर्ने भएको र प्रतिस्पर्धीको प्रतिभाको कदर नभएको हुनले यस महोत्सवमा टिकट मार्फत प्रतिस्पर्धीलाई भोटिङ नगर्ने निर्णय गरिएको छ’ सचिवालयले जनाएको छ ।

    Advertisement

    प्रतिस्पर्धीहरुको प्रतिभाको मुल्यांकन निणर्ाक मार्फत गरिनेछ ।

    अडिसन पौष ५ गते छैठौं नेपालगञ्ज महोत्सव परिसर भित्रै १ बजे लिइने जनाइएको छ ।

    Advertisement

    ‘कृषी प्रवद्र्धन व्यापारिक तथा रोजगार पूर्वाधार’ भन्ने मुल नारा सहित ए.जि.सर्भिस प्रा.लि. नेपालगञ्जले विहीबार देखि पौैष १७ गते सम्म नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ स्थित रहेको सडक डिभिजन नेपालगञ्ज कार्यालय हाता भित्र खुल्ला प्राङगणमा महोत्सव सञ्चालन हुनेछ ।

    जयमाता दी एमयुजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.ले महोत्सवको व्यवस्थापनको जिम्मा पाएको छ । यस्तै संरक्षकको रुपमा नेपालगञ्ज उपमहानगरपालिका रहेको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »