२५ मंसिर, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकार ढाल्ने कसरत भइरहेको बताएका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन । उनले गठबन्धन तोड्ने र सरकार ढाल्ने प्रयास भइरहेको बताएका हुन् ।
Advertisement
‘अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने अर्को बनाउने केके भन्ने त रातदिन एकथरीको खेल कसरत भइ नै रहेको छ’, उनले भने, ‘तर मैले हेर्दा र गठबन्धनका बैठकहरु सबै गर्दा केही हुनेवाला छैन । यो गठबन्धन पूरै अवधि जान्छ ।’















टिप्पणीहरू