Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नागढुङ्गामा सुन बरामद प्रकरण : एक चिनिया नागरिक पक्राउ

    २४ मंसिर, काठमाडौँ । नागढुङ्गामा दुई किलो सुन बरामद प्रकरणमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हाल काठमाडौंको सोह्रखुट्टे बस्दै आएका चिनियाँ नागरिक चेन झिवेइ रहेको प्रहरीले जनाएको छ ।

    उनलाई शुक्रबार पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । यस प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ ।

    Advertisement

    उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंबाट खटिएको टोलीले नागढुङ्गाबाट दुई किलो सुनसहित ३ जनालाई शुक्रबार पक्राउ गरेको थियो ।

    पक्राउ पर्नेहरूमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, बिरु तामाङ र सुनिल भुजेल छन् ।

    Advertisement

    रसुवाबाट काठमाडौं आउँदै गरेको ०१-०२८ च२६९६ नम्बरको स्कार्पियो गाडीबाट उक्त सुन फेला परेको हो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »