Close sidebar
  • ताजा
  • लोकप्रिय
  • माघ ११ हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि तालिका सार्वजनिक

    १७ मंसिर, काठमाडौँ । आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट निर्वाचन कार्यक्रम स्वीकृत भएको छ ।

    स्वीकृत निर्वाचन कार्यक्रम अनुसार मिति पुष २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुनेछ । प्रकाशित मतदाता नामावली उपर दाबी विरोध लगायतका कार्यहरु सोही दिनबाट प्रारम्भ हुने र पुष २२ गते सम्पन्न हुनेछन् ।

    Advertisement

    सोही दिन अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । मतदाता नामावली आयोगको वेबसाईट र निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन हुने सहायक प्रवक्ता एवं उपसचिव सूर्य प्रसाद अर्यालले जानकारी दिए ।

    यस्तै पुष २३ गते उम्मेदवारको मनोनयन दर्ता विहान १० बजेदेखि अपरान्ह १५ः०० बजेसम्म हुनेछ । मनोनयन दर्ता पश्चात उम्मेदवारको विरोधमा उजूरी कार्यक्रम पुष २४ गते हुने निर्वाचन आयोगले तालिका सार्वजनिक गरेको छ ।

    Advertisement

    मनोनयन पत्र र उजूरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुष २६ गते प्रकाशन हुनेछ । उम्मेदवारले नाम फिर्ता लिने कार्य पुष २७ गते सम्पन्न भए पश्चात उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्य सोही दिन १४ः०० बजे सम्पन्न हुनेछ । उम्मेदवारलाई निर्वाचन चिन्ह पुष २८ गते १० बजेदेखि १३ बजेसम्म उपलब्ध गराउने कार्यक्रम रहेको छ ।

    मतदान माघ ११ गते ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा हुनेछ । मतदान कार्य सम्पन्न भएपछि सोही दिनै मतगणना कार्य हुने उपसचिव अर्यालले नाईल खबरलाई बताए ।

    Advertisement

    प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र प्रदेश सभा सदस्य निर्वाचन ऐन,२०७४ को दफा ३० मा भएको व्यवस्था अनुसार सोही दफाहरुको उपदफा (१) को प्रतिवन्धात्मक वाक्यांश बमोजिम नाम हटेको अवस्थामा बाहेक राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन नपाउने व्यहोरा समेत सम्बन्धित सबैलाई कार्यक्रम मार्फत आयोगले जानकारी गराएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »