Close sidebar
  • ताजा
  • लोकप्रिय
  • राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति तोक्न सरकारलाई परामर्श

    ७ मंसिर, बाँके । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति तोक्ने विषयमा सरकारलाई परामर्श दिएको छ ।

    आयोगले राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा रिक्त हुन आउने एक तिहाइ सदस्य पदहरूको प्रत्येक दुई वर्षमा निर्वाचन गर्दै आएको जनाएको छ ।

    Advertisement

    नेपालको संविधानको धारा ८६ को उपधारा (३) बमोजिम प्रत्येक दुई वर्षमा रिक्त हुने एक तिहाइ (नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित सदस्य १ र निर्वाचित सदस्य १९ जना) सदस्यको २०८० फाल्गुन २० गते पदावधि समाप्त हुने भएकोले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम उक्त मिति भन्दा पैंतीस दिन पहिले नै निर्वाचन सम्पन्न गरिसक्नुपर्ने व्यवस्था रहेको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

    उक्त ऐन बमोजिम निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले मिति तोक्ने व्यवस्था रहेको छ ।
    सो व्यवस्था बमोजिम कम्तीमा २०८० माघ १५ गतेसम्म रिक्त सदस्यको पद पूर्तिका लागि निर्वाचन सम्पन्न गर्नुपर्ने प्रवक्ता पौडेलले बताए ।

    Advertisement

    निर्वाचनको आवश्यक तयारी र निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने समय समेतलाई मध्यनजर गरी निर्वाचन मिति तोक्न उपयुक्त हुने देखिएकोले २०८० साल माघ महिनाको ११ गते बिहीबारका दिन निर्वाचन गर्ने गरी मिति तोक्न नेपाल सरकारलाई आयोगले आज परामर्श दिइएको छ ।

    उक्त निणर्य बमोजिम आजै आयोगका सम्पूणर् पदाधिकारीबाट सिंहदरबारमा सम्माननीय प्रधानमन्त्री समक्ष निर्वाचनको मिति तोक्ने सम्बन्धमा परामर्श उपलब्ध गराइएको थियो ।

    Advertisement

    उक्त अवसरमा प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)ले नेपाल सरकार मन्त्रिपरिषदबाट आयोगले परामर्श दिएको मितिमा नै निर्वाचन गर्ने गरी निणर्य हुने व्यहोरा जानकारी गराएका प्रवक्ता पौडेलले बताए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »