Close sidebar
  • ताजा
  • लोकप्रिय
  • छठ पर्वको मुख्य दिन: अस्ताउँदो सुर्यलाई अर्घ दिई पर्व मनाईंदै

    संजय कुशवाहा
    ३ मंसिर, नवलपरासी । अस्ताउदो सुर्यलाई अर्घ दिँदै आइतबार साँझ पश्चिम नवलपरासी लगायत देश भर छठ पर्व हर्षोलासका साथ मनाईंदैछ ।

    छठको तेस्रो दिन आज साँझ अस्ताउदो सूर्यको पूजाआरधना गरी अर्घ दिइन्छ । मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि शुक्रबार देखि सुरु भई सोमबार सम्पन्न हुने छठ पर्वको उपलक्ष्यमा पश्चिम नवलपरासीको सुनवल नगरपालिका,बर्दघाट नगरपालिका, रामग्राम नगरपालिका, पाल्हिनन्दन गाउँपालिका, सरावल गाउँपालिका, सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाको विभिन्न स्थानमा रहेको ताल तलैया,नदिका घाटहरूलाई विषेश रूपमा सिङगारिएको छ ।

    Advertisement

    सिङगारिएको पोखरी, नदि र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर हरेक किसिमका फलफूल तथा पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान सहित अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गरिन्छ ।

    यस पूजाको अवसरमा ब्रतालुहरुले सुर्य र छठी माताको आराधना गर्छन् । यस पर्वमा षष्ठी माता र सूर्यको पूजा गरिन्छ । यी दुइटै देवीदेउतालाई प्रशन्न पार्नका लागि कात्तिक शुक्ल षष्ठी उत्तम तिथि भएकाले नै यो पर्व सोही तिथिमा मनाइने गरिएको हो । छठमा उपबास गरी व्रत बसी पुजाआजा गर्नाले दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भने पारिवारमा सुख संबृद्धिका साथै सन्तान प्राप्ती र रोग ब्याधी समेत निको हुने जनविश्वास रहँदै आएको छ ।

    Advertisement

    धार्मीक सदभावको रुपमा स्थापित हुदै गएको छठ पर्व मधेशी समुदाय मात्र नभई पहाडी समुदाय साथै मुस्लिम,जनजाति लगायतहरुको सहभागिता रहेको र यो पर्वमा हरेक समुदायको चासो बढदै गएको हुदाँ हरेक बर्ष बृदि हुदै गएको देखिन्छ । छठ पर्व सुर्यको अराधाना र उपासना गरि मनाउने गरिएको छ । यो अवसरमा पुजाको लागि घर-घरमा विषेश त्यारी समेत गरिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »