१४ कार्तिक, बाँके । बाँकेको नेपालगञ्ज बजारको अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङको नेतृत्वमा विभिन्न ५३ वटा पसलहरुमा अनुगमनमा गरिएको छ ।
सम्बन्धित सरोकारवालाहरु सहित नेपालगञ्ज स्थित जमुनाह भन्सार देखि विपि चोक सम्मका ५३ वटा पसलहरुमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी समेत रहेका गुरुङले जानकारी दिए ।
Advertisement
उनका अनुसार उपभोक्ता हित बिपरितका गतिविधि गर्ने तीन वटा पसललाई जनही रु १० हजारको दरले जरिवाना गरिएको छ ।
यस्तै, १७ हजार ७० रुपैँया मुल्यको म्याद गुज्रेका अखाद्य सामग्री तथा पेय पद्वार्थ र ३० हजार ५ सय ९८ रुपैँया मुल्य बराबरको अवैध सुर्तीजन्य पद्वार्थ नष्ट समेत गरिएको छ ।
Advertisement
उनले ‘जिम्मेवार बिक्रेता, जागरुक उपभोक्ता’ बन्न आग्रह गरे ।
टिप्पणीहरू