१२ कार्तिक, बाँके । बाँकेको नरैनापुर गाँउपालिका स्थित बगौडा नाका हुँदै प्रतिबन्धित भारतीय जिउँदो ब्रोइलर कुखुराको तस्करी बढेको छ ।
पछिलो केही यता सिमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीको संरक्षणमा भारतीय कुखुरामा मौलाएको तस्करीका कारण नरैनापुर क्षेत्रका कुखुरा उत्पादक तथा व्यवसायी समस्यामा परेका छन् ।
Advertisement
बगौडामा उत्पादन भएका कुखुराको मूल्यको तुलनामा भारतीय कुखुरा सस्तो भएकोले नरैनापुर ४ घोरदौरिया र गंगापुर नाका हुँदै भारतीय कुखुरा तस्करी बढेको हो ।
एक स्थानीय व्यवसायीका अनुसार तस्करले सशस्त्र प्रहरीलाई महिनावारी दिएर रातीको समयमा लाइन पाउने गरेका छन । रातीको समयमा भारतको जमुनहा बजारबाट बगौडा नाका लगायत अन्य नाका हुँदै गाडी, मोटरसाईकल र साइकलबाट कुखुरा भित्र्याएर जिल्लाको विभिन्न स्थानमा पुर्याउने गरेको बताइएको छ ।
Advertisement
एक स्थानीय कुखुरा व्यवसायीले गुनासो गर्दै भारतमा जिउँदो कुखुरा प्रतिकिलो भारतीय रु १ सय पर्ने गरेको र नेपालमा २ सय २० देखि २ यस ३० सम्म भएकोले दोब्बर फाईदा हुने हुँदा भारतीय कुखुरा तस्करी बढेको बताए । आउट पोस्ट डीउटीमा खटिएका सशस्त्र प्रहरीको आँखा अगाड़ीनै कुखुरा तस्करी भैरहेको श्रोतको दावी छ ।
तस्करी रोक्न कुखुरा व्यवसायीहरुले सुरक्षाकर्मीहरुको ध्यानाकर्षण गराए पनि खासै चासो नदेखाएको उनीहरु बताउँछन । खुला सिमाको फाइदा उठाउँदै हुने गरेको भारतीय पशु तथा पक्षीजन्य कुखुरा, अण्डा र मासुको तस्करी पूणर् प्रतिबन्ध लगाउन नरैनापुर क्षेत्रका कुखुरापालक किसान र व्यवसायीले माग गर्दै आइरहेका छन ।
Advertisement
भारतीय कुखुराको अवैध आयातका कारण कुखुरा पाल्नमा लागेका किसानको व्यवसाय नै धराशायी अवस्थामा पुगेको र ऋण काढेर गरेको लगानी डुब्ने अवस्था सिर्जना भइरहेको व्यवसायीको गुनासो छ ।
टिप्पणीहरू