Close sidebar
  • ताजा
  • लोकप्रिय
  • भारतबाट अवैध रुपमा ल्याइएको मासु नष्ट

    ११ कार्तिक, बाँके । नेपालगञ्ज उपमहानगपलिका वडा नम्बर १६ स्थित जयसपुर बिओपिका सशस्त्र प्रहरीले एक क्विन्टल भारतीय बोइलर कुखुरा मासु बरामद गरी नष्ट गरेको छ ।

    भारतको रुपैडिहा स्थित पोल्ट्री फर्ममा उत्पादन गरिएको कुखुराको मासु चोरीपैठारी गरी नेपालमा ल्याउदै गरेको अबस्थामा सशस्त्र प्रहरी निरीक्षक राम बहादुर खत्री नेतृत्वको मोवाइल गस्ती टोलीले शनिवार बिहान ८ बजेर ३० मिनेटको समयमा नेपालगञ्ज वडा नम्बर १६ स्थित इच्छाराम बाबा नजिकै रहेको जयसपुर बिओपि एक नम्बर पोस्टबाट बरामद गरेको हो ।

    Advertisement

    हीरो होन्डा यूपी २७ एफ ६४७१ भारतीय नम्बरको मोटरसाइकलमा लोड गरी ल्याउँदै गरेको अवस्थामा सप्रनि खत्री नेतृत्वको मोवाइल गस्ती टोलीलाई देखेपछि चालकहरु भने फरार भएको जयसपुर बिओपिका प्रमुख सशस्त्र प्रहरी निरीक्षक राम बहादुर खत्रीले जानकारी दिए ।

    बरामद गरिएका बोइलर कुखुराको मासु अनुमानित बजार मूल्य ४० हजार रुपैयाँ रहेको बताइएको छ । उक्त बोइलर कुखुराको मासु लाई साईंगाउँ प्रहरी चौकीका प्रहरी जवान बिकास बिक पत्रकार नेपालगंज -१६ का वडाध्यक्ष कलीम अहमद अंसारी स्थानीयबासी उदयराज बर्मा बुद्धिजीबी लागायतको उपस्थितिमा जयसपुर बिओपि बेस परिसरमा नष्ट गरिएको हो ।

    Advertisement

    बरामद गरेको बोइलर कुखुरा मासु र मोटर साइकलको अंदाजी मूल्य १ लाख १० हजार रहेको छ । यता नियन्त्रणमा लिइएको मोटरसाइकललाई आज बिदा रहेकाले आइतबार नेपालगञ्ज भंसार कार्यालयमा पठाउने सशस्त्र प्रहरी निरीक्षक खत्रीले जानकारी गराए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »