Close sidebar
  • ताजा
  • लोकप्रिय
  • महाअष्टमी : बागेश्वरीमा बली चढाउन राति देखि लाईन

    ५ कार्तिक, बाँके । पश्चिम क्षेत्रकै प्रशिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा आज नवरात्रीको आठौं दिन महाअष्टमीमा बिहानै देखि बली चढिरहेको छ । बली दिन बागेश्वरी मन्दिर परिसरमा आज बिहान १ बजे देखि श्रद्धालुहरु लाईनमा बसीरहेका छन ।

    नेपालीहरुको महान चाड बडा दशैको आठाैं दिन नेपालगञ्ज स्थित बागेश्वरी माता मन्दिर सहित देशभरीका शक्तिपिठहरुमा बलीसहित पूजाआर्चना गरिँदै छ । आजैको दिन देबीले राक्षसहरुलाई मारेको दिन भएकोले जनावारहरुको बलीदिने चलनको सुरुवात गरिएको हिन्दु धर्मग्रन्थहरुमा लेखिएको छ ।

    Advertisement

    श्रद्धालुहरुले आ—आफ्नो भाकल अनुसार बोका र कुखुराको वली दिएर पुजाआजा गरीरहेका छन । बली दिनका लागि आज बिहान १ बजे देखि नै लाईनमा बसिरहेको उनीहरुले बताउँछन ।

    आश्विन शुक्ल प्रतिपदाका दिन पूजाकोठा, दर्शैघर अथवा मण्डपमा वैदिक विधिपूवक नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको स्थानमा आज महा अष्टमीको पूजाआजा गरिन्छ । आज मध्यरातमा कालरात्रीको पूजा गर्ने चलन छ । मध्यरातको यस पूजाबाट प्रसन्न भई देवीले शुभफल र कल्याण दिन्छिन् भन्ने विश्वास रहीआएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    Most Read Posts

    • No results available

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »