Close sidebar
  • ताजा
  • लोकप्रिय
  • ड्रोन मार्फत नेपालगञ्जको सुरक्षा अनुगमन गरिदैँ

    ४ कार्तिक, बाँके । बाँकेको नेपालगञ्जमा यस वर्षको दशैंमा ड्रोन मार्फत सुरक्षा व्यवस्थापनमा निग्रानी गरिनेभएको छ ।

    दशैंमा सम्भावित हुनसक्ने असुरक्षालाई लक्षित गर्दै बाँके प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको हो । प्रहरीले नेपालगञ्जमा ड्रोन क्यामेराबाट सुरक्षा अवलोकन थालेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं डिएसपी नारायण डाँगीले जानकारी दिए ।

    Advertisement

    नेपालगञ्जको बिभिन्न भिडभाड हुने स्थानमा प्रहरीले ड्रोन क्यामेराबाट सुरक्षा व्यवस्थापन अवलोकन थालेको हो ।

    नयाँ प्रविधिलाई सुरक्षा व्यवस्थापनको प्रयोगमा ल्याउदैँ प्रहरी पुग्न नसक्ने ठाउँमा ड्रोन पुग्न सक्ने भएको हुदाँ आज नेपालगञ्जका विभिन्न स्थानमा परिक्षण गरिएको वडा प्रहरी कार्यालयका ईन्चार्ज एवं प्रहरी निरीषक हरि बहादुर विसिले जानकारी दिए ।

    Advertisement

    नेपालगञ्जका विभिन्न स्थान तथा टोलहरुमा दुर्गा माताको मुर्ति स्थापना गरिएको छ । विगतमा नेपालगञ्जमा भएको घटनालाई दोहोरिन नदिन जनशक्ति संगै सुरक्षालाई थप चुस्त बनाउन ड्रोन प्रयोगमा ल्याइएको बुझिएको छ ।

    मुख्य दशैंको टिकाको भोलिपल्ट मुर्ति विसर्जनको दिन नेपालगञ्ज हुदैँ राप्ती पथमा हुने अत्याधिक भिडभाडका कारण सुरक्षा व्यवस्थापनमा प्रशासनलाई चुनौतीको सामना गर्नुपर्दथ्यो । नयाँ प्रविधिको प्रयोग पश्चात सुरक्षा व्यवस्थापनमा केही सहज हुने आकंलन गरिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »