Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपाल प्रहरीको इन्सपेक्टर र असईमा भर्ना खुल्यो

    ३ कार्तिक, काठमाडौँ । नेपाल प्रहरीमा साढे तीन सय भन्दा बढी संख्यामा भर्ना खुलेको छ । प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा ९६ जना र प्रहरी सहायक निरीक्षक (असई) पदमा २ सय ६० जनाका लागि भर्ना खुलेको हो ।

    प्रहरी प्रधान कार्यालय नक्शालले आज सार्वजनिक गरेको सूचनामा प्रहरी निरीक्षक पदको हकमा अनलाइनमार्फत् र प्रहरी सहायक निरीक्षक पदको हकमा सार्वजनिक बिदाको दिनबाहेक कार्यालय समयभित्र दरखास्त दिन सकिनेछ । दरखास्त फारम दर्ता मिति कात्तिक १९ गतेदेखि मंसिर २९ गतेसम्म तोकिएको छ ।

    Advertisement

    प्रहरी निरीक्षक पदका लागि १ हजार २ सय रुपैयाँ राजश्व बुझाउनुपर्ने छ । तर एकभन्दा बढी समूहमा दरखास्त दिँदा प्रत्येक समूहको २० प्रतिशत (२४० रुपैयाँ) थप दस्तुर लाग्ने छ ।

    प्रहरी सहायक निरीक्षक पदमा ५०० रुपैयाँ राजश्व बुझाउनुपर्ने छ । साथै एकभन्दा बढी समूहमा दरखास्त दिँदा प्रत्येक समूहका लागि २० प्रतिशत (१०० रुपैयाँ)को दरले थप दस्तुर लाग्ने सूचनामा उल्लेख छ ।

    Advertisement

    प्रहरी निरीक्षक पदका लागि २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने छ भने प्रहरी सहायक निरीक्षक पदका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्ने छ ।

    प्रहरी निरीक्षक पदमा दरखास्त दिने उम्मेदवार स्नातक उत्तीणर् हुनुपर्ने र प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिने उम्मेदवार प्रमाणपत्र वा सो सरह उत्तीणर्य हुनुपर्ने गरी शैक्षिक योग्यता तोकिएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »