Close sidebar
  • ताजा
  • लोकप्रिय
  • जानकी ३ मा योग केन्द्र उद्घाटन

    १३ असोज, बाँके । योग समिति नेपालले नयाँ योग केन्द्रको उद्घाटन गरेको छ । योग समिति नेपालको शाखाहरू बिस्तार गर्ने क्रममा बाँकेको जानकी गाँउपालिका वडा नं. ३ स्थित जे. एस. इंग्लिश बोर्डिंग स्कूल परिसरमा एक कार्यक्रम बीच नयाँ योग केन्द्र शाखाको शुभारम्भ भएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष राज कुमार बर्माले बिहान ५ बजे देखी ६ः३० बजे सम्म निशुल्क कक्षा संचालन गर्ने बताए । आफुले योग गरेकै कारण शरिरमा फुर्तिलोपना आएको जानकारी गराए । योगले मानिसमा रहेको दुर्बलता घटाउदै जाने उहाँको भनाई थियो । आफुले योगको महत्वलाई राम्रो संग बुझेकोले सबै वडाबासीलाई योग संग जोड्ने अभियान रहेको जानकारी गराए ।

    Advertisement

    कार्यक्रममा योग समिति नेपालका अध्यक्ष योग गुरू आयुर्वेदाचार्य गिरिराज भट्टराईले योग केन्द्र मार्फत नागरीकमा योग सम्बन्धि सचेतना जगाउने कार्य जारी रहेको बताए ।

    योग समिति नेपालका अध्यक्ष योग गुरू आयुर्वेदाचार्य गिरिराज भट्टराईको अध्यक्षतामा जानकी गाँउपालिका वडा नं ३ का वडाध्यक्ष राज कुमार बर्माको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न गरिएको हो । योग समिति नेपालका कार्य समिति सदस्य एवं योग प्रशिक्षक चिरञ्जीवी ज्ञवालीद्वारा संचालित उक्त कार्यक्रममा योग प्रशिक्षक सागर ज्ञवालीद्वारा स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्य माथि विश्लेषण गरेका थिए ।

    Advertisement

    प्रमुख अतिथि वडाध्यक्ष राज कुमार बर्माले पानसमा बत्ती बालेर तथा ब्यानर पढेर विधिवत् रूपमा उद्घाटन गरेका थिए । कार्यक्रममा संयोजक उषा वाग्ले, अतिथिमा जे. एस. इंग्लिश बोर्डिंग का संचालक दामोदर घिमिरे बोर्डिंग स्कूलका सहायक प्रधानाध्यापक महेन्द्र सेढाई बिनोद रेग्मी संचालक शोभा रेग्मी तुलसी आचार्य योग समिति नेपालका पदाधिकारीहरू, वडा सदस्यहरु, विभिन्न जिल्लाका संयोजकहरु, अन्तर्राष्ट्रिय संयोजक, योग प्रशिक्षकहरु तथा योगीमन भएका ब्यक्तित्व लगायतको उपस्थित रहेको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »