१३ असोज, बाँके । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) सभापति रवि लामिछानेले अनुसन्धानमा खटिएका राष्ट्रसेवक कर्मचारीलाई सरुवा गरेर सरकारले थप ब्यक्तिलाई जोगाउने काम गरीरहेको बताएका छन ।
विभिन्न काण्डमा सुक्ष्म अनुसन्धान गरी रहेका अधिकारी, प्रहरीलाई सार्ने काम गर्ने गरीएको बताएका छन । न्यायलयका न्याधिसलाई सार्ने र आजिवन सजाय पाएका व्यक्तिहरुलाई छाड्ने गरीएको उनले बताए ।
Advertisement
बाँकेको नेपालगञ्जमा आज राष्ट्रिय स्वतन्त्र पार्टीको नगरभेलालाई सम्बोधन गर्दै भने, ‘अनुसन्धान गर्ने प्रहरी अधिकारीहरुको सरुवा गरेको छ । तपाईले हेर्नुभयो भने सुन काण्ड, नक्कली भुटानी शरणार्थी प्रकरणकै कुरा गर्नुस । अनुसन्धान गरी रहेकोलाई सार्दीसकेको छ । न्याधिसलाई सार्ने अनि छोड्ने कोलाई भने दिनदहाडे बीच बाटोमा मान्छेलाई काटेर आजिवन जेल विताईरहेका मान्छेलाई देशको संविधान दिवसको दिन सरकारको सिफारिसमा छाडदिने ।’
यस्ता कैयौं घटनाहरु रहेको लामिछानेले जिकिर गरे । उनले शिक्षा ऐन प्रति आफ्नो धारणा ब्यक्त गर्दै भने, ‘चाहे शिक्षा पिडितको कुरा गर्नुस, नसरोकारवालाहरुसंग छलफल गरेको छ, नशिक्षकको कुरा छन, नविद्यार्थीहरुको कुरा छन, नअभिभावकका कुरा छन ।’
Advertisement
उनले शिक्षा ऐनको विषयमा थप भने, ‘आफै बसेर ड्राफ्ट गरेर पठाईदियो र सदनमा त्यसैलाई अगाडि बढाइदियो । शिक्षकहरु सडकमा आए ।’
पार्टीले कसैसँग पनि अपारदर्शी रुपले चन्दा नलिएको र कहिल्यै नलिने उनको भनाई छ । पुराना दलले देश परिवर्तन नगरेको भन्दै सभापति लामिछानेले अब छोराछोरीले आफ्ना बुवाआमालाई सम्झाउनुपर्ने बताए । गलत आचरण भएका ब्यक्तीलाई पार्टीमा प्रवेश गराउन नहुनेमा जोड दिदै उनले भ्रष्टाचारमा मुछिएकाबाट सावधान रहनुपर्ने बताए ।
Advertisement
उनले आफ्नो पार्टी सरकारमा हुदाँ केही दिनमै आश जगाउने कार्य गरेर देखाएको बताउदैँ पुराना राजनीतिक दलले देश बनाउने नै हो भने अझै ४ वर्ष बाँकी रहेको जिकिर गरे । उनले भने, ‘अझै पनि चार वर्ष प्रयाप्त छ । नत्र मिसन-८४ आफ्ना पक्षमा निर्वाध हुनेछ । सक्किन भने हामीलाई छोडे हुन्छ, हामी देखाईदिन्छौँ गरेर । हामीले ३२ दिनमा गरेकै हो जस्तो लाग्छ ।’
सभापति लामिछानेले आम व्यवसायीहरुलाई सम्बोधन गर्दै आफ्नो पार्टीले कसैसँग पनि अपारदर्शी रुपले चन्दा नलिएको र कहिल्यै पनि नलिने बताएका छन ।
टिप्पणीहरू