संजय कुशवाहा
५ असोज, नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न.७ गुठी सुर्यपुरामा विश्वकर्मा पुजाको अवसरमा तेस्रो वडाध्यक्ष कप भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।
गुठी सुर्यपुरा युवा परिवारको आयोजना तथा वडा न.७ को संयोजनमा प्रतियोगिता भदौ ३१ गते देखि संचालन भएको तेस्रो वडाध्यक्ष कप भलिबल प्रतियोगितामा ३० भलिवल टिमहरुको सहभागिता रहेको थियो ।
Advertisement
प्रतियोगितामा माकर भलिबल टिमले डबिला भलिबल टिमलाई २ को विरुद्ध ३ सेटले पराजित गरी नगद २५ हजार सहित कप र मेडल जित्न सफल भएको छ ।
प्रतियोगिताको उपविजेता डबिला भलिबल टिमले नगद १५ हजार सहित कप र मेडल प्राप्त गर्न सफल भएको छ ।
भलिबल प्रतियोगितामा सुर्यपुरा भलिबल टिमले तेस्रो स्थान प्राप्त गरि नगद १० हजार सहित कप प्राप्त गरेको वडा न. ७ का वडाध्यक्ष हरेन्द्रर यादवले जानकारी दिए ।
Advertisement
यस्तै, भलिबल प्रतियोगितामा बाउन्न गढी भलिबल टिम भिठ्ठा सान्त्वना भएको छ भने सुर्यपुरा भलिबल टिमका मनिष महतो बेस्ट खेलाडी घोषित भएको आयोजकले जनाएको छ ।
समापन कार्यक्रमका प्रमुख अतिथि प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले खेलकुदको माध्यमबाट पनि युवा वर्गलाई जिल्ला र राष्ट्रिय तहसम्म पहिचान बनाउन सकिने धारणा राखे ।
Advertisement
अध्यक्ष यादवले खेल नियमको परिधिभित्र रहेर खेल्ने खेलाडीले नै उत्कृष्ट नतिजा प्राप्त गर्न सकिने बताउदै यादवले प्रतापपुर गाउँपालिका अन्तर्गतका सबै वडाहरुमा युवाहरुको माग र चाहना बमोजिम थप खेल नीति बनाइ कार्यान्वयन गरिने जिकिर गरेका थिए ।
अध्यक्ष यादवले राजनितिमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने बताउदै अस्वस्थ प्रतिस्पर्धा गरेर अगाडी बढ्ने नेताहरू जनताबाट टाढिदै जाने र अन्त्यमा सत्य र न्यायको नै जित हुने विचार व्यक्त गरे ।
Advertisement
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ आयोजना भएको भलिबल प्रतियोगिताको समापन समारोहमा जनप्रतिनिधि,खेलप्रेमी र ठूलो सङ्ख्यामा सर्वसाधारणको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रतापपुर गाउँपालिका वडा न.७ का सचिव केशव तिवारी, पत्रकार महासंघ पश्चिम नवलपरासीका संस्थापक सदस्य आर.पि. उपाध्याय लगायतले शुभकामना सहित खेलकुदको महत्व बारे चर्चा गरेका थिए ।
भलिबल प्रतियोगितामा भलिबलका राष्ट्रिय खेलाडी रामनाथ चौधरीले रेफ्रीको भुमिका निर्वाह गरेका थिए भने कार्यक्रम संचालन ब्यास मुनि कुशवाहाले गरेका थिए ।
टिप्पणीहरू